उम्मेदवार सिफारिस गोप्य राख्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यलयले स्थानीय तहका लागि उम्मेदवार सिफारिस गोप्य राख्न भन्दै टेलिफोन गरेको छ ।
केन्द्रबाट नै पाँचदलीय गठबन्धनसहित निर्वाचनमा जाने निर्णय गरेको कांग्रेसले केही समयअघि छिट्टो भन्दा छिट्टो उम्मेदवार टुंगो लगाउन सर्कुलर गरेको थियो ।
सिन्धुपाल्चोकका जिल्ला सभापति जंगबहादुर लामाले केन्द्रीय कार्यालयबाट अहिलेलाई उम्मेदवार भएर आएकाको सिफारिस गोप्य राख्नु र बाँकी सिफारिस अहिले तत्काल नगर्नु भनेको बताए । उनले भने, `अहिले जहाँ बाट जे आएको छ सबै त्यतिकै राख्नु थप केही प्रक्रिया अगाडि नबढाउनु भनेर टेलिफोन आएको थियो ।`
कांग्रेस केन्दीय कार्यलय स्रोतले टिकट सिफारिस गरेपनि टिकट कसले पायो भन्ने कुरा गोप्य राख्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएको बताएको छ । स्रोतले भन्यो, `सबै प्रक्रिया पूरा गर्नु तर टिकटका बारेमा कतै केही नभन्नु मात्रै भनेको हो ।`
स्थानीय तहको निर्वाचनको मनोनयन गर्ने मिति वैशाख ११ लाई तोकिएको छ । कांग्रेसले वैशाख १ गतेसम्म उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो । तर तत्काललाई यो प्रक्रियापनि रोक्न भनिएकोलेकांग्रेसले उम्मेदवार टुंगो लगाउन अझै ढिला हुने देखिएको छ ।
कांग्रेसको विधानले वडाध्यक्ष तथा सदस्यको टिकट प्रतिनिधिसभा क्षेत्रीय समिति,गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला संसदीय समिति, नगरपालिका र उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय समिति र महानगरपालिकाको टिकट केन्द्रीय संसदीय समितिले दिने व्यवस्था छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












