भारतले दियो नेपाललाई ३७५ मेगावाट निर्यात गर्ने अनुमति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई ३७५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ ।
प्रधानमन्त्री र देउवाको भ्रमण लगत्तै भारतले नेपाललाई यति धेरै परिमाणमा बिजुली निर्यात गर्ने अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । नेपालले वर्षायामअघि नै भारतले अनुमति दिनुपर्ने माग गरेको थियो ।
व्यापार विभागका निर्देशक अधिकारीका अनुसार भारतले कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), लिखु–४ (५२.४ मेगावाट) मध्य मस्र्याङ्दी (७० मेगावाट), मस्र्याङ्दी (६९ मेगावाट) त्रिशुली र देवीघाट (३९ मेगावाट) गरी ६७५ मेगावाटको बिजुली निर्यात गर्ने अनुमति दिएको हो ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, नेपालको बिजुली बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) दु्रतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलबिद्युतका मामिलामा आपसी सम्मान र आपसी सहमति कायम गर्ने सहमति भएको थियो ।
यसअघि भारतले नेपाललाई उसैले निर्माण गरेका त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को मात्र निर्यात अनुमति दिएको थियो । दुई वर्षअघिदेखि वर्षायाममा नेपालको बिजुली खपत हुन नसकी जगेडा रहँदै आएको थियो ।
गत फागुनमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय नवौं ‘संयुक्त सञ्चालन समिति’ (जेएससी) को बैठकमा नेपालले वर्षायामअघि नै जगेडा बिजुली निर्यात गर्न औपचारिक रुपमै आग्रह गरेको थियो ।
उक्त बैठकमा भारतले वर्षायामअघि नै निर्णय गरिने प्रतिबद्धता जनाएको थियो । अब आउने वर्षयाममा करिब एक हजार मेगावाट विजुली जगेडा हुने देखिएको छ । यो वर्ष ७ सय मेगावाट खेर गएको थियो ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
आगामी आर्थिक वर्षको बजेट भोलि (शुक्रबार) प्रस्तुत गरिँदै
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने...
-
अप्रिलमा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढ्यो
काठमाण्डौ । गएको अप्रिल महिनामा चीनको विद्युतीय गाडीको निर्यात ४० प्रतिशतले बढेको छ । अप्रिलमा चीनले २ लाख ७८ हजार...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको...












