सरकारका कारण देश श्रीलंका बन्दै छ : ओली
काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक असफल राष्ट्र बन्न लागेको बताएका छन् ।
देशको अर्थतन्त्र बिग्रिएर श्रीलंकाजस्तै बन्न लागेको उनको भनाइ छ ।एमालेनिकट शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा आइतबार ओलीले गठबन्धन सरकारको असफलताले केही समयपछि शिक्षक कर्मचारीले तलब पाउन नसक्ने र ज्येष्ठ नागरिकले भत्ता पाउन नसक्ने अवस्था आउन लागेको दाबीसमेत गरे ।
‘अनिष्टको समय छ, देशमा । अनिष्टको समय एमालेका लागि होइन, देशका लागि । अहिलेको अर्थतन्त्र हेर्नुस्, श्रीलंका बन्न जाँदै छ, नेपाल । केही समयपछि तपाईंहरूले तनाखा पाउनुभएन भने अनौठो नमान्नुहोला । तनाखा दिन सक्ने अवस्था छैन । ज्येष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नुहोला । दिने अवस्थै छैन । योजना आयोजनाहरू काटिएका छन् । गठबन्धनमा लागेकाहरू त देश बर्बाद भए पनि खुसी नै होलान्,’ ओलीले भने, ‘गठबन्धनवालाहरूले देशलाई बर्बाद बनाउँदै छन् । अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेलिएर स्टेटतर्फ जाँदै छ ।’
देश असफल राष्ट्र भएर श्रीलंकामा जस्तै विदेशी डलर नसाटिने अवस्था आउन सक्ने दाबी गर्दै ओलीले देशमा भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेको बताए । ‘अहिले नै देशको पैसा बाहिरबाहिरै कारोबार हुन्छ, देशको भुक्तानी बाहिरबाहिरै हुन्छ । यति भ्रष्टताको गठबन्धनवाला, सरकारवालाले बुझेकै छैन,’ ओलीले भने ।
गठबन्धन सरकार मोजमस्तीमा लाग्यो
एमाले फुटाएर कम्युनिस्ट आन्दोलन ध्वस्त पारेर, देशलाई बर्बाद पारेर गठबन्धन सरकार मोजमस्तीमा लागेको उनको आरोप थियो । ‘घरमा आगो लगाए, कहाँ बस्छन् गौँथली घुम्छौ बादलमुनिमुनि माया भन्दै मादल बनाएर गाउँदै छन् । चरी त जहाँ पनि बस्छ, आफ्नो घरमा आगो लगाएका छन्, देशमा आगो लगाएका छन्, मादल लिएर कहाँ बस्छौ गौँथली के होला एमालेको भनेर गाइरहेका छन्,’ ओलीले भने, ‘एमालेको के थियो र चुनाव आएपछि जित्छ, देश चलाउँछ तर यिनको के हुन्छ मलाई चिन्ता, यिनको भन्दा पनि देशको चिन्ता, देश त बर्बाद हुँदै छ, बर्बाद बनाउँदै छ, यो आपराधिक गठबन्धनले ।’
एमाले ढुंगाको काप फोरेर उम्रिन्छ
एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काप फोरेर’ पनि सरकारमा आउने जिकिर गरे । ‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ?’ उनले भने, ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पीपल । नेकपा एमाले खाली यो चुनावको वर्षायाम पर्खिराखेको छ । चुनाव आयो कि त ढुंगाको काप फोडेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












