अख्तियारको छानबिनमा रहेका चित्रसेन अधिकारी भरतपुरको उपमेयर उम्मेदवार
अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।
अधिकारीले उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्दै हेटौंडा अख्तियारको टोलीले असाेज २०७८ मा वडामा पुगेर आवश्यक कागजात जफत गरेको थियो । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापतिसमेत हुन् ।
अझै पनि यो मुद्दा अख्तियारमा विचाराधीन नै रहेको अवस्थामा उनलाई सत्ता गठबन्धनले कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार बनाएको हो । उनको फाइल अख्तियार हेटौंडा कार्यालयले केन्द्रमा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी (उपसचिव) विष्णु सापकोटाले जानकारी दिए ।
‘उजुरीमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार भएको छ । आवश्यक निर्णयका लागि केन्द्रमा पठाएका छौँ,’ उनले भने । अनियमितताको मुद्दा अदालतमा दर्ता भइनसकेकाले उम्मेदवार बन्न अप्ठ्यारो भने नहुने उनले बताए । कांग्रेसबाट जितेको वडाध्यक्ष भए पनि उनी भरतपुर महानगरमा तत्कालीन मेयर रेणु दाहालका निकट थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौंडाको टोलीले गत वर्ष वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा विवेकसेन अधिकारीको नाममा रहेको सिभिल बैंक भरतपुरको खातामा विकासको रकम हालेको भन्दै बैंक स्टेटमेन्ट नियन्त्रणमा लिएको थियो । उपभोक्ता समितिले अधिकारीको खातामा पहिलो पटक एक लाख ७६ हजार रुपैयाँ र दोस्रो पटक २६ हजार रुपैँया गरी दुई लाख ३ हजार रुपैयाँ विकास निर्माणको रकम जम्मा गरेको बैंक स्टेटमेन्टबाट देखिएको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हैटौँडाका जनकप्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो ग्राभेल गरी स्तरान्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।
उपभोक्ता समितिमार्फत नै वडा अध्यक्ष अधिकारीले पटकपटक पैसा लिई गुणस्तरहीन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन गरी आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको हो । अधिकारीले विकास निर्माणका सबै साना ठूला आयोजनामा बजेटअनुसार कोटा तोकी रकम असुली गर्ने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।
आफ्नै हार्डवेयरबाट समान लिन दबाब
अधिकारीले आफैंले डोजर र हार्डवेयर सञ्चालन गरेका छन् । वडाको निकास निर्माणको काममा उनकै डोजर प्रयोग गर्न दबाब दिने मात्रै हैन, उनको हार्डवेयरबाट रड, सिमेन्ट लगायतका सामाग्रीहरू खरिद गर्न उनले दबाब दिने गरेको एक उपभोक्ता समितिका सदस्यले बताए । उनको पसलबाट सामान लैजाने र उनको डोजर प्रयोग गर्ने शर्तमा मात्र उनले विकासका टुक्रे योजनाका लागि बजेट दिने नभए अनेक तरिकाले दुःख दिने गरेको उनको भनाइ छ ।
माओवादीसँग गठबन्धन गरेर उपमेयरको उम्मेदवार बनेका अधिकारीले कम्युनिष्टहरू बढी भएको क्षेत्रमा विकास लागि रकम दिँदैनन् । पुरानो पहारिलोटार, मनिपुर, कञ्चनवस्ती क्षेत्रमा उनले पाँच वर्षमा बजेट नदिएको गुनासो स्थानीयको छ । उनले शंकरचोक प्रावि रतनपुरलाई कक्षा ५ बाट घटुवा गरेर कक्षा ३ मा झारेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन् ।
उनी निजी विद्यालय प्याराडाइज इंग्लिस स्कुलका सञ्चालकसमेत हुन् । सरकारी विद्यालय फस्टाउन नदिने, दुःख दिने र नीजि विद्यालयमा आउन बाध्य पार्ने खेलमा अधिकारी लागेको उनीमाथि आरोप छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












