कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् ।
रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका-६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो ।
उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी भइन् । तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् ।
कालिका नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोम्जनलाई ५३ मतान्तरले पराजित गरे । बोम्जनले ८४३ मत प्राप्त गरे ।
कालिका-२ मा एमालेको प्यानल नै विजयी भयो । वडाध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनप्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए ।
कालिका-३ को अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङ एक हजार ५२ मत ल्याएर विजयी भए । वडामा माओवादीको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत मात्रै प्राप्त गरे ।
कालिका-४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठले ७६५ म ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका कोमलबहादुर श्रेष्ठ ६४० मत प्राप्त गरे ।
कालिका-५ को अध्यक्षमा कांग्रेसका दिपक भट्टराई एक हजार ७६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका रुदल महतोले ९६३ मत मात्रै प्राप्त गरे ।
कालिका-६ को अध्यक्षमा कांग्रेसका टीकाराम रेग्मी १६ सय २० मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण अधिकारीले १६ सय आठ मत ल्याए ।
कालिका-७ को अध्यक्षमा कांग्रेसका कमलराज माेक्तान १२ सय ७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका भोजराम थपलियाले १२ सय ४० मत ल्याए ।
कालिका-८ को अध्यक्षमा माओवादीका चित्रबहादुर मगर १२ सय ५१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका युवराज गुरुङले १२ सय ४६ मत ल्याए ।
कालिका-९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर विजयी भएका छन् । उनले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार वीरबहादुर थापाले ९४८ मत प्राप्त गरे ।
कालिका-१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।
कालिका-११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याए पनि निर्वाचित हुन पर्याप्त भएन ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












