नेपाल युगान्डासँग फेरि पराजित
काठमाडाैं । नेपाल तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युगान्डासँग फेरि पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पाहुना टोली युगान्डासँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै युगान्डाले दुई खेलअगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा युगान्डाले ३–० को अग्रता बनाएको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । युगान्डाको जितमा केभिन विनोले अविजित रहँदै ४२ रन जोडिन । यस्तै जेनेट बाबाजीले २७ रन जोडिन ।
बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन भने रुबिना क्षेत्री र इन्दु वर्माले समान एक÷एक विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनको योगफल बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन । त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले ४ रन जोड्दा रोमा थापा र डोली भट्टले समान ३÷३ रन जोडिन । सबनम राई र इन्दु बर्माले १÷१ रन जोडिन ।
बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई÷दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक÷एक विकेट लिए । पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले भोलि युगान्डासँग चौथो खेल खेल्नेछ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












