लोकप्रिय मतको आधारमा एमाले नै देशको ठूलो दलः रिमाल
काठमाडाैं । नेकपा एमालेका नेता विष्णु रिमालले लोकप्रिय मतको आधारमा एमाले नै देशको ठूलो दल भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश सेयर गर्दै उनले लेखेका छन्, ‘यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धन भित्रका दलहरु बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन ? यदी काँग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? सावाँ, सापटी, व्याज सबै एक्लै काँग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?’
लोकप्रिय मतको आधारमा एमाले नै पहिलो दल भको दाबी गर्दै रिमालले तथ्यमा रहेर बहस गर्न र स्विकार गर्न समेत अपिल गरेका छन् ।
लोकप्रिय मतको आधारमा एमालेले ३४ प्रतिशत (३८०९६९८) मत प्राप्त गर्दा कांग्रेसको ३३.३ प्रतिशत र नेकपा माओवादी केन्द्रको ११.९ प्रतिशत छ रहेको जनाएका छन् । भने, नेकपा एसको ४ प्रतिशत मात्रै मत रहेको र त्यो उसको मात्र नभई गठबन्धनको समेत मत रहेको टिप्पणी उनले गरेका छन् ।
हेर्नुहोस रिमालले सार्वजनिक गरेको मत परिणामः
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











