वृद्धभत्ता एमालेको ब्राण्ड, उमेर ५८ मा झारेपनि फरक पर्दैनः पाण्डे
काठमाडाैं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड रहेको जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले वृद्धभत्तामा एमालेको दाबी पुग्ने भएकाले यो एमालेकै ब्राण्ड रहेको जनाएका हुन् ।
सरकारले बजेट मार्फत वृद्धभत्ता ७० बाट ६८ वर्षमा झारेपछि पाण्डेले यसलाई ५८ मै झार्दा पनि जनताले एमालेलाई नै धन्यवाद दिने जनाए । जनयुद्ध र राष्ट्रिय मेलमिलापमा एमालेको दाबी नपुग्ने उदाहरण दिएका पाण्डेले भने, ‘वृद्धभत्ता ६८ वर्ष झार्यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’
यस्तै, उनले वृद्धभत्ता ५ हजार पुर्याउनुपर्ने समेत जनाए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











