जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित
काठमाडाैं । जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हन् ।
जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।
जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो । नेकपा (एमाले)ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन गरी उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार घलेको उम्मेदवारी स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ (३) बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी बबिता खत्री निर्वाचित भएकी छन् । उनि एमालेकी रेनुका माया गुरुङलाई तीन मतले पराजित गर्दै विजयी भएकी हुन् । विजयी खत्रीले ११ मत प्राप्त गर्दा पराजित गुरुङले आठ मत पाएका थिए । जिससको खुल्ला सदस्यमा माओवादी केन्द्रका मणिराज खत्री, नेपाली कांग्रेसका छेदर भोट र मनोजकुमार थायुम निर्वाचित भएका छन् ।
महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्तिदेवी राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी भए । दलित वा अल्पसङ्ख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भएका छन् ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












