नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम अर्ब पनि पुगेन
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।
सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अङ्कले ओरालो लागेर ३९२ दशमलव २५ मा सीमित भएको छ । आजको कारोबार रकम हेर्दा त अर्ब पनि पुग्न सकेको छैन ।
बजार पूर्णरूपमा ‘वियरिङ टे«ण्ड’मा गएको देखिन्छ । सरकारले धितोपत्र बजारको समस्या समाधानका लागि लगातार प्रयास गरे पनि बजारले भने त्यसलाई आत्मसात् गर्न नसकेको कारोबारको विवरणले देखाउँछ ।
शुक्रबार कूल २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर रु ८९ करोड ४१ लाख २४ हजार ११४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ४ दशमलव ४३, व्यापार २१ दशमलव ९१, होटल तथा पर्यटन ३४ दशमलव ३२, विकास बैंक ३९ दशमलव १२, जलविद्युत् ७ दशमलव ३७, वित्त १८ दशमलव २८, निर्जीवन बीमा ७९ दशमलव ५७, उत्पादन १०० दशमलव ८७, अन्य २७ दशमलव ९, लघुवित्त २४ दशमलव ७७, जीवन बीमा ७८ दशमलव ९४, सामूहिक लगानी कोष ० दशमलव ०५ र लगानी ० दशमलव ५७ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु पाँच करोड पाँच लाख ४५ हजार १६८ बराबरको कारोबार भयो । नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड २४ लाख १४ हजार ५९३, मेगा बैंक रु तीन करोड १८ लाख ४४ हजार २७८, शिवम् सिमेन्ट रु तीन करोड १२ लाख ४७ हजार ८९२, एनआइसी एशिया बैंक रु तीन करोड दुई लाख ४१ हजार ७७३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उपकार लघुवित्त र ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९ दशमलव ९८, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतले कमाए । त्यस्तै सामुदायिक लघुवित्त ५ दशमलव ७५, युनिलिभर नेपाल ५ दशमलव २५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४ दशमलव ९४, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव ३४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
भोलिदेखि आधामात्रै ग्यास भएको सिलिन्डर, मूल्य पनि आधा लिइने
काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा...












