पार्टीले हटाउनुभन्दा आफै राजीनामा दिन अर्थमन्त्रीलाई प्रचण्डको सुझाव
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई पदबाट राजीनामा दिन सुझाएका छन् ।
आफ्नै निवास खुमलटार बोलाएर प्रभाकरलाई पदबाट राजीनमा दिन उपयुक्त हुने भन्दै यस्तो सुझाव दिएको स्रोतले जनाएको छ ।
बजेट निर्माणको क्रममा अर्थमन्तर्री प्रभाकरले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर राजस्व ‘सिमित व्यापारी’ पोस्ने गरि तलमाथि गर्न लगाएपछि उनीविरुद्ध आलोचना सुरु भएको थियो ।
सरकारले पेट्रोलियम पदार्थको कमी गर्न भन्दै साताको दुई दिन बिदा दिने तर, अर्थमन्त्रीले सिमित व्यापारीक घरानाको स्वार्थमा विद्युतिय सवारीमाथि ढाड सेकिने गरि राजस्व बढाउनु अमिलदो भएको भ्नदै प्रारम्भीक चरणबाटै उनको आलोचना सुरु भएको थियो । तर, विभिन्न हतकण्डा अपनायर आफ्नो वचाउ गर्दै आएका उनले बजेट निर्माणमै अनाधिकृत व्यक्तिलाई ‘कथित विज्ञ’को रुपमा छिराएपछि भने उनलाई राजीनामा दिन दबाब बढ्न थालेको जनाइन्छ ।
प्रचण्डसंगको छलफलमा आफूबाट केहि गलत भएको हुनसक्ने भन्दै गल्ती स्विकार गरेपनि अनाधिकृत व्यक्तिलाई बजेट निर्माणमा पहुँच दिएकोबारे भने केहि नखुलाएको स्रोतको दाबी छ । तर, यसबारे राष्ट्रिय दैनिकमा खोजमूलक रिपोर्ट नै सार्वजनिक भएपछि भने उनीमाथि थप दबाब सिर्जना भएको छ ।
पार्टीका अधिकांश नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मन्त्रीको भूमिकाप्रति चित्त बुझाउन नसकेका कारण उनी आफै फिर्ता हुनु राम्रो हुने प्रचण्डको जिकिर रहेको स्रोतको दाबी छ । पार्टीले फिर्ता बोलाउदा असक्षमको ट्याग लाग्न सक्ने भन्दै संभावना बोकेका नेताहरुले बुद्धि पुर्याएर राजीनामा दिनु नै उपयुक्त हुने प्रचण्डले जनाएको जनाइन्छ ।
प्रभाकरले अर्थ मन्त्रालयकै भन्सार विभागबाट नायबसुब्बाबा राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति ‘विज्ञ’को रुपमा राखेर आफ्नो पक्षबाट हुने सुधारका काम गर्ने जिम्मेवारी सुम्पिएका थिए । घिमिरे २०७५ फागुन १ गते पदबाट राजीनामा दिएर बाहिरिएका थिए । यस्तै, उनले अर्का एकजनालाई समेत ‘सीए साप’ भन्दै बजेटमा कलम चलाउन खटाएका थिए ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












