वर्ल्ड लिंकको ठगी, बिना सुचना काटिन्छ इन्टरनेट !
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ग्राहक ठगी गरेको पाइएको छ ।
उपभोक्ता अधिकारलाई वञ्चित गर्दै वर्ल्ड लिंकले बिना सुचना इन्टरनेट सेवा अवरुद्ध गर्न थालेको हो ।
मंगलबार साँझ साढे सात बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएपनि यस कम्पनीले यो समाचार तयार पार्दासम्म कुनै जानकारी नदिएको पाइएको हो ।
`मनमैजु क्षेत्रमा अघिदेखि इन्टरनेट सेवा अवरुद्ध छ । फोन गरेर समस्या सोध्न खोज्दा फोन लाग्दैन् । पहिले पहिले त इन्टरनेट समस्या भएमा म्यासेज आउथ्यो । ग्राहकलाई बिलिङ गर्न ढिला भए फोन आउछ तर समस्यामा फोन नै नलाग्ने बनाउने । यो त ठगी हो´, एक प्रयोगकर्ताले भने ।
दुई घण्टाभित्र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति दिने घोषणा गरेको कम्पनीले सेवा अवरुद्ध भएकै १ घण्टा ३० मिनेटसम्म के कारण इन्टरनेट समस्या आयो भन्ने जानकारी समेत नदिई ठगी गरेको पाइएको हो ।
विभिन्न प्याकेजमा इन्टरनेट बिक्री गर्दै आएको वर्ल्ड लिंक धेरै ग्राहक भएको कम्पनी समेत हो । यसरी इन्टरनेट काटिदा उसले प्रति मिनेट नै ठूलो मात्रामा इन्टरनेट बचत गर्न सक्छ ।
यस अघि इन्टरनेटमा समस्या आएमा म्यासेज र इमेलबाट सुचना दिने गरेको वर्ल्ड लिंकले आज इन्टरनेट काटिएपनि कुनै सुचना समेत नदिएको पाइएको हो । भने, ग्राहक सेवाका लागि उपलब्ध गराइएका फोन नम्बर समेत व्यस्त बनाएर राखेको छ ।
ग्राहक सेवा सम्पर्कका लागि निर्धारित नम्बरहरुमा फोन गर्दा व्यस्त भनेर फोन नै नलाग्ने बनाइएको पाइएको हो । ग्राहक सेवाका लागि छुट्याइएका नम्बरहरुमा सामान्यतया फोन लाग्ने गरेपनि आज भने यी नम्बरहरु व्यस्त बनाएर ग्राहक ठगी गरेको एक प्रयोगकर्ताले गुनासो गरे ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












