बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
काठमाडौं । नवलपरासी(बर्दघाट–सुस्तापूर्वको)गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ ।
गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । नगर उपप्रमुख शान्ति कोइरालाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने नगरवासी महिलाका लागि भत्ताको व्यवस्था गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने उनले बताए । उपप्रमुख कोइरालाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहँुच पु¥याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ ।
गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ । सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, हरेक घरमा खानेपानीका धारा, जनस्वास्थ्यमा लगानी भन्ने नीति लिइएको छ । उनले नेपाल सरकारको सबै जनतालाई निःशुल्क खोप लगाउने कार्यक्रम रहेकोले सबै प्रकारका खोप कार्यक्रमलाई नगरले प्राथमिकताका साथ अगाडि बढाउँदै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने बताए ।
कोभिड–१९ लगायत महामारी तथा अन्य सङ्क्रामक रोग न्यूनीकरण कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै यसको रोकथाम, नियन्त्रण, पूर्वतयारी र प्रतिकार्यको व्यवस्था गर्दै नगरपालिकाभित्र जीवन बचाउने औषधि, औषधिजन्य सामग्री तथा सुरक्षा सामग्रीको सहज आपूर्ति वा भण्डारणको व्यवस्था गरी जनतालाई सुरक्षित राखिने पनि उपप्रमुख कोइरालाले उल्लेख गरे ।
नगर अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गरी गैँडाकोट स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने र वडा नं १६ मा रहेको अमरापुरी स्वास्थ्यचौकीलाई स्तरोन्नति पहल गरिने उनको भनाइ थियो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गैँडाकोट स्वास्थ्यचौकीबाट बीमा सिफारिस कार्यक्रम अगाडि बढाउन पहल गरिने र नगर अस्पतालबाट प्रदान भइरहेको बाहिरङ्ग सेवा निःशुल्क गरी नगर अस्पतालमा टेलिमेडिसिन सेवा स्थापना गरिने, गर्भ परीक्षणमा लाग्ने शुल्क निःशुल्क गर्दै पायक पर्ने स्थानमा बर्थिङ सेन्टर सञ्चालन गरिने र नेपाल सरकारबाट तोकिएका सम्पूर्ण औषधि निःशुल्क वितरण गर्ने व्यवस्थालाई व्यवहारमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












