आँप खेतीप्रति किसान आकर्षित
काठमाडौं । धनुषाको मिथिला नगरपालिकाका किसान रमेश महतोले आँप खेतीबाट राम्रो आम्दानी गरेका छन् । करिब एक बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचामा उत्पादित आँप बिक्री गरी यसवर्ष मात्र रु पाँच लाखभन्दा बढी कमाउन उनी सफल भएका छन् ।
आँप खेतीबाट राम्रो आम्दानी भएपछि महतो उत्साहित छन् । “एक वर्षमै रु पाँच लाखको आँप उत्पादन हुन्छ, भन्ने विश्वासै थिएन्, तर उत्पादन बढ्ेपछि उत्साहित भएको छु”, महतोले भने, “अब थप एक बिघा जग्गामा आँपको बोट लगाउने सोच बनाएको छु ।” निम्न मध्यवर्गीय परिवारका महतोले आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफ्नो आयस्तरमाथि उठेको उनी बताउछन् । आँप खेतीबाटै आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएको महतोको भनाइ छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ श्रीपुुरका जगदीश चौधरीले पनि यसवर्ष आँप खेतीबाट करिब रु नौ लाख कमाइ भएको सुनाए। विगत एक दशकदेखि व्यावसायिक रुपमा आँप खेती गर्दै आएका चौधरीले आँप खेतीकै कमाईबाट पक्की भवन बनाउनुका साथै कुटानीपिसानी गर्ने मिलसमेत खरिद गरेका छन् ।
“अहिले आँपको बगैँचा लगाइएको तीन बिघा जग्गामा पहिला धानबाली लगाउँदै आएको थिएँ”, चौधरीले भने, “धानबालीमा लगानीअनुसारको फाइदा हुँदैन्थ्यो, त्यसैले धानबाली लगाउने खेतमै आँपको बगैँचा लगाएको छु, अहिले आँप खेतीबाटै वर्सेनि राम्रै आम्दानी भइरहेको छ, यसबाट सन्तुष्ट छु ।”
लहान नगरपालिका–१५ ढोढनाका अशोक चौधरीले यसवर्ष आँप राम्रै फलेको बताए । रमेश, जगदीश र अशोक मात्र होइन्, धनुषा, सिरहा र सप्तरीका किसानले आँप खेतीलाई मनग्य आम्दानी गर्ने माध्यम बनाएका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको श्रीपुर गाउँ आँप खेतीको लागि प्रख्यात छ । सो गाउँमा प्रायः सबैको घरमा आँप बिक्रीबाटै चल्छ ।
पूर्व–पश्चिम राजमार्गको आसपास क्षेत्रमा पर्ने सप्तरीको सीतापुर, घोघिदाहा, महुली, कल्याणपुर, सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, बन्दीपुर, धनुषाको वीरेन्द्रबजार, गोदार, ढल्केबरलगायत स्थानमा बढी आँप उत्पादन हुने गरेको छ ।
सप्तरी, सिरहा र धनुषामा उत्पादन हुने आँप काठमाडौँ, पोखरा, बुटवलका साथै भारतीय बजारमा बिक्रीका लागि लैजाने गरिन्छ । किसानले बम्बई, मालदह, दसहरी, कलकतियालगायत प्रजातिका आँप बढी उत्पादन गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












