ओलीको नारायणकाजीलाई जवाफ: एमाले बाहेक कोहि वामपन्थी छैन, वामपन्थी भए आउनुस्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु वामपन्थी नभएको तर्क गरेका छन् । यदि कोही वामपन्थी भए एमालेसँग मिलेर देशका लागि काम गर्ने सरकार बनाउन आउन आग्रह गरे ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीको नाम नै लिएर ‘तुम शेर, तो हम सवा शेर’ भन्ने नगर्न र वामपन्थी तालमेलमा आउन आग्रह गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका ओलीले आफ्नो बोल्ने पालो आएपछि माओवादी केन्द्रका नेता श्रेष्ठलाई जवाफ दिए । शंकाको लाभ दिने भन्दै उनले भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’
साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै ओलीले भने, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’
कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालतमा रिट हाल्न गएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘राफसाफ कुरा गरौं । गल्ती भइहाल्यो, छोडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर देशको पक्षमा काम गर्ने सरकार बनाऔं ।’
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











