कार्ट्समान्डु सिलालम टुर्नामेन्ट सम्पन्न
काठमाडाैं । शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्मान्ड सिलालम’मा डिगविजय अधिकारीले बाजीमारेका छन् ।
बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरि पोडियम प्राप्त गरेका थिए, भाने जय प्रताप मास्के र दिप्रश शाक्य ले चौथो र पाँचौ स्थान हासिल गरे ।
प्रतियोगिता निकै कठिन र चुनौतीपूर्ण थियो । विजेताहरू बीच केही सेकेन्ड मात्र फरक थियो। सहभागीहरूले ठूलो महत्वाकांक्षा र उत्साह देखाए र अनुशासनात्मक रूपमा एकअर्कासँग प्रतिस्पर्धा गरे। वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफआइ ए वल्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाण पत्र प्रदान गरे । पुरस्कार वितरण संगै राखेप सदस्य सचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनकलयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
यस अघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए ।फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ,फेलिक्स भ्यान रिसन, दिप्रश शाक्य, सन्जोक लामातामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
पोडियम प्राप्त हुन सफल भएका टोलीलाई सिङगापुरको के एफवान सर्किटमा काटिर्डको अवसर प्रदानगरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई कार्यक्रमका कोर्डिनेटर आशिष लामिछानेले र नासा नेपालका सचिव सन्तोष न्यौपाने ओरिएन्टेशन दिएका थिए
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












