जबरालाई रोक्न सापकोटाको प्रपञ्च
काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अदालत छिर्ने धोकोमाथि सत्ता गठबन्धनले अनेक जालझेलसहितका प्रपञ्च तयार पारेर राखेको छ ।
विभिन्न २१ आरोप लगाउदै महामहाअभियोग लगाइएपछि स्वतः निलम्बनमा परेका प्रधानन्यायाधीश जबरा अहिले पनि अदालतमा एक दिन भएपि फर्किने आशामा सरकारी निवासमै रहेका छन् । तर, सत्ता गठबन्धन निर्वाचनमा असर पर्ने डरका कारण महाअभियोग प्रस्तावलाई पेन्डिङ बनाएर राख्न प्रयत्नरत रहेको पाइएको छ ।
निलम्बनमा परेको लामो समय वितेपनि जबरा आफू सहि भएको ठहर र महाअभियोग प्रस्ताव असफल हुने आशामा रहेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जबाको पक्षमा उभिने प्रष्ट संकेत देखाएपछि उनी अदालतमा एकदिन भएपनि फर्किने अपेक्षामा बसेको स्रोतको दाबी छ ।
तर, निर्वाचन घोषणा भएपनि संसद चलाइरहेको गठबन्धन सरकारले भने निर्वाचनको मिति घोषणा भएपछि बल्ल महाअभियोग प्रस्ताव छलफलका लागि पठाएको हो ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आज मात्रै उक्त प्रस्तावलाई छलफलका लागि पठाएका छन् । तर, सापकोटा आफै जबरा अदालत फर्किन नसक्नेमा ढुक्क छन् ।
यता, निर्वाचन आयोगले समेत संसदको आयो मनोनयनको दिनबाट मात्रै सकिने जनाएपछि झन अन्याैलता सिर्जना भएको हो । मनोनयनपछि संसद नरहने र संसद नै नरहे महाअभियोगको औचि्य समाप्त भएको ठानेर जबरा अदालत उपस्थित हुने मनशायमा रहेपनि सभामुख सापकोटाले यसमा मुख्य भूमिका निर्वाह गर्ने तयारी थालेका हुन् ।
सभामुख सापकोटाले संसदका सबै प्रक्रिया निष्क्रिय भएपनि अदालतलाई प्रस्ताव निष्क्रिय भए/नभएको पत्राचार नहुने भएकाले जबराको अदालत प्रवेश रोकिनेमा ढुक्क छन् ।
‘संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव के आधारमा निष्क्रिय भयो भनेर जबरा अदालत हाँजिर हुने ? सभामुखले यसको जानकारी पत्र लेखेर दिने भन्ने विषय होइन् । अदालतले त प्रमाण नभई महाअभियोग निष्क्रिय भयो भनेर अनुमान लगाउनै सक्दैन’, स्रोतले भन्यो, ‘यसकारण जबराको अदालत प्रवेश असंभव छ ।’
२०७८ फागुन १ गते राणाविरूद्ध ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो । प्रस्ताव पेस भए पनि लामो समय सभामुख सापकोटाले छलफल रोकेर राखेका थिए ।
राणाविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको लगायतका २१ वटा आरोप छन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











