सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज?
काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ ।
२०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै एकै स्थानमा रहेका नेपाली कांग्रेससहित तत्कालीन नेकपाका दुई शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहित जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु त्यसयता सँगसँगै छन् ।
नेकपाबाट एमाले र माओवादी केन्द्र अलग भएका छन् भने एमालेबाट माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेको छ ।
पाँच दलको सत्ता गठबन्धनले यसअघि स्थानीय तहको चुनावमा भाग लिइसकेका छन् । जसको धेरै लाभ कांग्रेसले उठाउन सक्यो । स्थानीय तहको चुनावमा गठबन्धनले महानगरसहित उपमहानगरमा पूर्ण रुपमा गठबन्धन गरेको थियो । भने कतिपय पालिकाहरुमा स्थानीय स्तरमा गठबन्धन भएका थिए ।
सत्ता गठबन्धनमा रहेका दलहरुले एमालेलाई साइजमा ल्याउनका लागि स्थानीय तहकै निर्वाचनमा प्रयत्न नगरेका होइनन् तर सबै स्थानीय तहमा त्यसको सम्भावना भएन तर गठबन्धन दलहरुले सफलता हात पारे ।
२०७४ को स्थानीय तहमा बहुमत स्थानमा जित हात पारेको नेकपा एमाले यसपटकको स्थानीय निर्वाचनमा खुम्चिएको छ । तर गठबन्धन गर्दा पनि उ अत्यन्तै कमजोर भने देखिएन । तालमेल हुँदा पनि एमालेले २ सय ६ स्थानीय तहमा प्रमुख जितेको थियो ।
स्थानीय तह चुनाव कांग्रेस ३ सय २९, एमाले २ सय ६, माओवादी केन्द्रले १ सय २१, जसपा ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ स्थानीत तह प्रमुख जितेको छ ।
संघीय चुनावमा गठबन्धन, छैन सजिलो
मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन् । तर त्यसको मोडालिटीका बारेमा छलफल गर्नका लागि सबै दलबाट गरि ११ सदस्य रहेन गरि कार्यदल गठन गरेका छन् । उक्त कार्यदलको बैठक आज बस्दै छ ।
सत्ता गठबन्धनमा रहेका दलहरुलाई सबै निर्वाचन क्षत्रमा गठबन्धन गरेर जान सजिलो भने नरहेको स्वयं नेताहरुले बताइरहेका छन् ।नेताहरुले सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताएका छन् ।
यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठिरहेको छ । यसअघि स्थानीय तह निर्वाचनमा पनि एमाले जितेको स्थानमा भागवण्डा गर्ने एक खालको सहमति भएको थियो तर त्यसमा एकीकृत समाजवादीले बिरोध जनाएको थियो । त्यसैले यसपटक पनि एमालेले जितको स्थानमा भागवण्डा गर्ने ढाँचा काम नलाग्ने नेताहरुले बताइरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दम्भ देखाएको आरोप एकीकृत समाजवादी र नेकपा माओवादीसहितका सत्ता साझेदारहरुले गरिरहँदा नेपाली कांग्रसलाई त्यस्ता आरोपहरुलाई चिर्दै आगामी निर्वाचनबाट फाइदा लिन सक्नु पर्ने चुनौती रहेको छ ।
साउन मसान्तसम्म सिट बाँडफाँटको खाका तयार गर्ने म्यान्डेटसहित कार्यदलले जिम्मेवारी पाएको छ र उक्त कार्यदलले आज यसबारे छलफल गर्दै छ । तर खाका तयार गर्न सहज नभएको नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेस आफूले १ सय हाराहारी सीट राखेर गठबन्धन गर्ने पक्षमा रहेको कांग्रेसका एक नेताले बताए । तर अन्य दलहरुले पनि आफूहरुलाई कांग्रेसले हेप्न खोजे सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने बताइरहेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनवको अन्तिम समयमा यति लिने भए लेउ नत्र हुँदैन भन्ने अवस्था आउन सक्ने भन्दै आफ्नो शक्ति निर्माण गरेर अघि बढ्नु पर्ने बताइरहेका छन् ।
केही दिन अघि उनले भनेका थिए,’ अन्तिम बेलामा यति लिने भए लेऊ, नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने? त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो।’
एमाले भन्दा ठूलो दल बन्नका लागि नेपाली कांग्रेसलाई पनि दबाब रहेको नेताहरु बताउँछन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पनि एमालेले राम्रै मत पाएको भन्दै कांग्रेसले माओवादी र एकीकृत समाजवादीका साथ जसपालाई मिलाएर लैजान सकेको खण्डमा आफू ठूलो दल बन्ने र एमालेलाई साइज राख्दै आगामी सरकारको नेतृत्व गर्न सक्ने छ । त्यसका लागि उसले सहयात्री दललाई चिढ्याएर भन्दा साथै लिएर अघि बढ्ने कांग्रेसका एक नेताले बताए । तर सिट बाँडफाँट टुंगो लगाउन सहज भने नभएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











