ताजा समाचार

नर्भिकका संरचना हटाउनेबारे प्राविधिक राखेर अध्ययन समिति बनाइने

काठमाडौं । नर्भिक अस्पतालले महानगरपालिकाको मापदण्ड विपरित नक्सा पास नगरेर बनाइएका संरचनाबारे काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।

२४ घण्टे अल्टिमेटम दिएर ती संरचना भत्काउन पुगेका मेयर बालेन साह संरचना नभत्काई अध्ययन समिति गठन गर्ने सहमति जुटाएर फर्किएका हुन् ।

नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको थियो । त्यसपछि अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । त्यसपछि मेयर बालेनसहितको टोली फर्केको छ ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org