आध्यात्मिक ज्ञान आर्जन गर्न धामीझाँक्री गुफा बस्छन्
तेह्रथुम । जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर १० दिनसम्म निरन्तर चिन्ता बस्ने गर्ने गरेका छन् । १० दिनको रात आध्यात्मिक ज्ञान आर्जनका लागि विभिन्न देवस्थलहरुमा गुफा बस्न जाने गरेका छन् ।
यहाँका धामीहरू विषेश गरी मार्गपोखरीमा गुफा बस्ने र ज्ञान लिन गरेको धामी कान्छाबहादुर लिम्बुले बताए । उनी भन्छन्, ‘हामी १० दिनसम्म घरघरमा चिन्ता बस्छौँ । १० दिनको रात गुफा बस्न जाने गुफा बस्न जान्छौँ, नजाने गुरुकोमा जाने गर्छाैँ र पूर्णिमाको दिन शुक्रबार बजारमा रहेको रत्नदेवी मन्दिरमा आएर पूजा गर्छाैँ ।’
उनले आफ्ना धेरै चेलाहरूलाई ज्ञान आर्जन गर्न गुफा बसाउन लैजाने गरेका छन् । खासगरी भर्खर उत्रिँदै गरेका धामीहरू ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् ।
सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यत्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । पूर्णिमाको अघिल्लो दिन रात गाउँका सबै धामीहरू भेला भएर गुफा तथा गुरुकोमा पुग्ने गरेका छन् । गुफा बस्न छथरको मार्गपोखरी लगायत विभिन्न देवस्थलहरूमा पुग्ने गरेका छन् ।
पूर्णिमाको दिन गुफाबाट फर्किएपछि बजारको वरिपरि नाँच्दै घर फर्किने गरेका स्थानीयहरूले बताउने गरेका छन् । तेह्रथुमको छथर शुक्रबारेमा भदौरे पूर्णिमा (जनैपूर्णिमा)को मुख्य आकर्षण नै धामीझाँक्रीको कला प्रर्दशन हो ।
धामीझाँक्रीहरूको मौलिक कलालाई संरक्षण,सम्वर्द्धन तथा प्रोत्साहन गर्न रत्नदेवी युवा सेवा समाज छथर शुक्रबारेले विगतका वर्षदेखि सम्मान कार्यक्रम गर्दै आएको छ । विभिन्न टाउँबाट आएका धामीहरूलाई बजारमा कार्यक्रमका साथ सम्मान रुपमा नगद प्रदान गर्दै आएको समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।
‘हामीले मौलिक कला,संस्कृतिलाई प्रवर्द्धन, संरक्षण तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ विगतका वर्षदेखि धामीहरूलाई सम्मान गर्दै आएका छौँ र यस वर्ष पनि गरेका हौँ । हाम्रो सानो सम्मानले धामीहरूलाई प्रोत्साहन पुग्छ भन्ने विश्वास छ,’ उनले भने ।
तेह्रथुम, धनकुटा र पाँचथर लगायतका जिल्लाका धामीहरू भदौरे पूर्णिमा आउने गर्छन ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












