चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया
चितवन । चितवनमा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ। जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) मा शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या लाखौँमा एक दुई जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।
अस्पतालका बाल शल्यचिकित्सक डा प्रकृति गिरी नेतृत्वको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएकी थिइन् । उनीबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।
अस्पताल भर्ना भएको चार दिनपछि गत असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो। डा गिरीले भनिन्, ‘शिशुको नाइटोको भाग नबनेको र सोही ठाउँबाट आन्द्रा बाहिर निस्किएको थियो । आन्द्रासमेत फुलेको अवस्थामा रहेको यस्तो प्रकृतिका घटना दुर्लभ हुने गर्दछन् ।’
नाइटो नबनेको, आन्द्रा बाहिर आएको र आन्द्रा फुटेको अवस्था लाखौँमा एक जनामा देखिने भन्दै उनले यो निकै दुर्लभ समस्या भएको जानकारी दिइन् । उनका भनाइमा सानो आन्द्रा यसरी फुलेर बस्नु आफैँमा दुर्लभ हो । यस्तो समस्यालाई ओमफालोसियल भनिन्छ ।
शिशुको माँसपेशी पूर्णरुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटक भित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नुपरेको डा गिरीको भनाइ छ । उनले भनिन्, ‘धेरैजसोमा एउटै शल्यक्रियाले हुन सक्छ । नाइटो नै नभएको, पेटमा प्वाल परेर आन्द्रा बाहिर आएको, प्वाल धेरै साँघुरो र सानो भएकाले बाहिर आएको आन्द्रा कस्सिँदै जान्छ ।’
फुलेको आन्द्राको आठ सेन्टिमिटर काटेर पुनः जोडिएको जानकारी दिँदै डा गिरीले नीलो भएको भाग ठीक होस् भनेर सानो आन्द्राको भाग काटेर बाहिर निकालेर राखेको जानकारी दिइन् । उनले भनिन्, ‘बाहिर निकालेको आन्द्रामा कृतिम मलद्वार बनाइयो । अर्थात् त्यहीबाट दिसा बाहिर निस्कने गरी व्यवस्था गरियो ।’
दोस्रो शल्यक्रियामा बाहिर निकालेर राखिएको कृत्रिम मलद्वारसहितको आन्द्रालाई भित्र जोडेर राखिएको डा गिरीले बताइन् । बयालिस दिन अस्पतालमा राखेर शिशु अहिले घर लगिएको छ । शिशुको स्वास्थ्य राम्रो रहेको डा गिरीले जानकारी दिइन् ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक चितवन मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाउने गरिएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ ।
न्यौपानेले भने, ‘अब अस्पतालमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











