एभरेष्ट स्कुलबाट कक्षा १२ का विद्यार्थीको नतिजा शतप्रतिशत
विराटनगर । माद्यामिक शिक्षा परिषद्ले २०७९ सालमा लिएको कक्षा १२ को परिक्षामा विराटनगरको एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ ।
विज्ञान र व्यवस्थापन संकायका १ सय १४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएका हुन् । कोरोना महामारिका कारण कक्षाहरु व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिएपनि नतिजा शतप्रतिशत आएको एभरेष्टका सहायक प्रिन्सिपल नारायण कडरियाले बताए ।
१२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थीको नतिजा ‘ननग्रेडिङ’ आउँदा एभरेष्टका विद्यार्थीको नतिजा शतप्रतिशत आउनुले एभरेष्टको शिक्षणसिकाई प्रभावकारी छ भन्ने पुष्टि भएको सहायक प्रिन्सिपल कडरियाले बताए ।
स्कुलका प्राचार्य टिकाराम पुरीले एभरेष्ट स्कुलको नतिजा उत्कृष्ट भएपनि समग्ररुपमा देशभरको नतिजा यस वर्ष निराशाजनक रहेको बताए । एभरेष्टको नतिजा राम्रो आउनुमा भने, सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाईपद्दति र अनुभवि शिक्षक तथा विद्यार्थी र अभिभावकको मेहनत नै प्रमुख कारण रहेको बताए । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का पूर्व अध्यक्ष समेत रहेका पुरीले राष्ट्रिय परिक्षा बोर्डको त्रुटिका कारण ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आएको आरोप लगाउँदै यसले ठूलो संख्याका विद्यार्थीलाई प्रभावित बनाएको बताए ।
कोरोना महामारि झेलेर परिक्षा दिएका विद्यार्थीलाई समयसापेक्ष परिक्षा लिन बोर्डले नसकेको भन्दै उनले प्रश्नपत्र तयार पार्दादेखि नै विद्यार्थीको क्षमतालाई बुझ्न नसकेको बताए । कोरोनाका कारण विद्यार्थीले कक्षा लिन नसकेको, कोर्स पूरा नभएको, कतिपय विद्यार्थीले कोरोना महामारीसँगै लड्नुपरेको अवस्थामा लिइएको परिक्षा समयसापेक्ष भएको भए ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आउदैनथ्यो भन्दै उनले अझै पनि विद्यार्थीमा महामारिको प्रभाव रहने भएकाले त्यसलाई सुधार गरेर लैजानसक्नुपर्ने बताए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











