एभरेष्ट स्कुलबाट कक्षा १२ का विद्यार्थीको नतिजा शतप्रतिशत
विराटनगर । माद्यामिक शिक्षा परिषद्ले २०७९ सालमा लिएको कक्षा १२ को परिक्षामा विराटनगरको एभरेष्ट स्कुलले उत्कृष्ट नतिजा ल्याएको छ ।
विज्ञान र व्यवस्थापन संकायका १ सय १४ जना विद्यार्थीले परिक्षा दिएकोमा शतप्रतिशत उत्तिर्ण भएका हुन् । कोरोना महामारिका कारण कक्षाहरु व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिएपनि नतिजा शतप्रतिशत आएको एभरेष्टका सहायक प्रिन्सिपल नारायण कडरियाले बताए ।
१२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थीको नतिजा ‘ननग्रेडिङ’ आउँदा एभरेष्टका विद्यार्थीको नतिजा शतप्रतिशत आउनुले एभरेष्टको शिक्षणसिकाई प्रभावकारी छ भन्ने पुष्टि भएको सहायक प्रिन्सिपल कडरियाले बताए ।
स्कुलका प्राचार्य टिकाराम पुरीले एभरेष्ट स्कुलको नतिजा उत्कृष्ट भएपनि समग्ररुपमा देशभरको नतिजा यस वर्ष निराशाजनक रहेको बताए । एभरेष्टको नतिजा राम्रो आउनुमा भने, सूचना प्रविधिको उच्चतम प्रयोग, सिकाईपद्दति र अनुभवि शिक्षक तथा विद्यार्थी र अभिभावकको मेहनत नै प्रमुख कारण रहेको बताए । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का पूर्व अध्यक्ष समेत रहेका पुरीले राष्ट्रिय परिक्षा बोर्डको त्रुटिका कारण ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आएको आरोप लगाउँदै यसले ठूलो संख्याका विद्यार्थीलाई प्रभावित बनाएको बताए ।
कोरोना महामारि झेलेर परिक्षा दिएका विद्यार्थीलाई समयसापेक्ष परिक्षा लिन बोर्डले नसकेको भन्दै उनले प्रश्नपत्र तयार पार्दादेखि नै विद्यार्थीको क्षमतालाई बुझ्न नसकेको बताए । कोरोनाका कारण विद्यार्थीले कक्षा लिन नसकेको, कोर्स पूरा नभएको, कतिपय विद्यार्थीले कोरोना महामारीसँगै लड्नुपरेको अवस्थामा लिइएको परिक्षा समयसापेक्ष भएको भए ५२ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडिङ आउदैनथ्यो भन्दै उनले अझै पनि विद्यार्थीमा महामारिको प्रभाव रहने भएकाले त्यसलाई सुधार गरेर लैजानसक्नुपर्ने बताए ।
Comments
अरु समाचार
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो...












