जब प्रचण्डको अगाडी जनार्दनले गरे उपमहासचिव पद अस्विकार…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको अगाडी नै शर्माले उपमहासचिव पद अस्विकार गरेका हुन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएर उनले पद अस्विकार गरेको प्रष्ट संकेत गरेका हुन् ।
शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।
यस्तै, प्रचण्डले जवाफमा आफूले जनार्दनलाई हुर्काएको बढाएको जनाएका हुन् ।
जनार्दनको कुरा बुझेका प्रचण्डले जवाफमा भने, ‘जनार्दनजीले जाँदा जाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो, म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चीज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु।’
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











