कस्तो छ तपाईको आजको भाग्यफल, हेर्नुहोस राशीफल
काठमाडाैं । तपाई आफ्नो भाग्यमा कति विश्वास गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने पक्कै पनि तपाईले राशीफल हेर्ने गरेको हुनुपर्छ । हेर्नुहोस आफ्नो राशीफल आजको दिन कस्तो छ ?
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सामाजिक सेवाको कामबाट तपाईलाई आज मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट तपाईलाई साथ सहयोग हुनेछ । चन्द्रमाको साथ छ । विहान सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । शिवालय यात्राले मन हर्षित हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कसैलाई पनि वचन नलगाउनुहोला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकहरुको लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले विहीबारको विहान अवस्य सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । विहीबारको दिन व्रत गर्नु शुभ हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । आजको दिन अध्ययन अध्यापनको काममा ध्यान दिनु होला । कसैलाई पनि धन दिनु भन्दा पहिले एकपटक सोच विचार गरेर मात्र दिनुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । शिवालयको यात्रा अवस्य गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला ।
Comments
अरु समाचार
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...












