सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभातर्फ निल
बुटवल । सत्ता गठबनधनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्दैको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।
त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ क मा नेपाली कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा क लोसपा र ख कांग्रेसको भागमा परेको छ ।
रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ । त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा काँग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।
रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ । त्यस्तै दाङ ३ मा प्रदेशतर्फ क काँग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।
बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क काँग्रेस र ख माओवादी केन्द्रले पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई निल गराएर चुनाव हुन्छ त ? भनेर प्रश्न गरे ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












