पूर्वसांसद तथा समाजसेवी मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन
चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ ।
मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।
उनको जम्न विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो । उनी समाजसेवामा समेत उत्तिकै सक्रिय रहेकी थिइन् ।
मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
-विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किइन् ।
-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ
-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ खर्च । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।
-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद
-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान
-चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान
-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान
-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान
-प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान
-पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान
-बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












