दलहरुले जनता झुक्याउने मात्रै गरे त्यसैले मेरो उम्मेदवारी: महर्जन
काठमाडौं । काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले विगत तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् । उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आए पनि व्यवहारमा परिवर्तन हुन नसकेको र जनताले त्यसको अनुभुति गर्न नसकेको आरोप लगाएका हुन् ।
सत्तामा पुगेकाहरु जनताको खुशीको लागिभन्दा पनि आफ्नै परिवार र आसेपासेहरुका लागि मात्रै काम गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
आफ्नो उम्मेदवारीको कारण प्रस्ट्याउँदै महर्जन भन्छन् ‘पटक-पटक झुक्किन बाध्य भएका जनता अब झुक्किनु हुँदैन’ आसन्न निर्वाचन नेताहरुको गल्तीमाथि सजाय दिने उपयुक्त अवसर रहेको त्यसलाई सही सदुपयोग गर्न उनले मतदाताहरुलाई आग्रह गरे ।
काठमाडौँ क्षेत्र नं ५ का मतदाता सचेत र वस्तुस्थितिलाई राम्रोसँग बुझ्न सक्ने भएकाले चुनावी परिणाम सोचेभन्दा भन्दा बिलकुल फरक आउने उनले दावी गरे । शहरी क्षेत्रका नागरिकका पनि आफ्नै किशिमका समस्या हुने भन्दै उनले राष्ट्र र समाजलाई सम्पन्न बनाउन जनमुखी र आत्मनिर्भरको बाटोमा लैजाने गरी काम गर्ने बताए ।
एकीकृत शक्ति नेपालको एजेण्डामा प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तहको दुई वटामात्रै सरकार गठन गर्ने उल्लेख गरिएको छ । त्यस्तै हिन्दु, बौद्ध, किरात लगायतका धर्म संस्कृतिलाई नेपालको खास सम्पत्ति उल्लेख गरी सबैलाई समानरुपले संरक्षण र संवद्र्धन गर्ने एजेण्डामा राखिएको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












