भूमि आयोगले भन्यो- सुकुम्बासीलाई नहटाऊ
काठमाडौं । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसिरहेको ठाउँबाट नहटाउन राष्ट्रिय भूमि आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरुलाई नहटाउन भनेको छ । यस्तै सुकुम्बासीहरु असुरक्षित हुने कार्य नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीलाई हटाउने काठमाडौं महानगरपालिकाको कदमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
यता, थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले सरकारले आफूह्ररुको उचित बैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले न्याय महसुस हुने खालको उचित बैकल्पिक व्यवस्था भएमात्रै बागमती किनारबाट हट्ने जनाउ दिएका हुन् ।
उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था नगरिकन दलबलसहित डोजर लिएर आए त्यसको परिणाम सम्वन्धित पक्षले नै भोग्नुपर्ने चेतावनी दिएका छन् । सरकारले कठोर निर्णय गरे बाँच्नका लागि आफूहरु पछि नहट्ने उनीहरु चेतावनी छ ।
केही दिनदेखि सुकुम्बासीलाई न्यायका लागि दबाब दिन अनसनमा बसेका संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहाकार दलमर्दन कामीले गरिब सुकुम्बासीले न्याय पाएको नबताएसम्म आफ्नो अनसन नतोडिने न्युज नेपाललाई प्रतिक्रिया दिएका छन् । थापाथलीस्थित बागमती नदी किनारमा हाल १५० घरको हाराहारीमा सुकुम्बासी छन् । यस बस्तीमा रहेका अधिकांशले ज्यामी काम गर्ने गरेको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












