६ महिनापछि चिनियाँ अन्तरिक्ष टोली पृथ्वीमा फर्कियो
बेइजिङ । ६ महिने यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्ष टोली पृथ्वीमा फर्किएको छ । चिनियाँ तीन अन्तरिक्ष यात्रीको टोली आफ्नो ६ महिने चिनियाँ अन्तरिक्ष केन्द्रको मिसन पूरा गरेर पृथ्वी फर्किएको हो । नोभेम्बरमा सम्पन्न गरिएको टियनगङ अन्तरिक्ष केन्द्रको अन्तिम निर्माण चरण हेर्न उनीहरू जुन ५ तारिखमा अन्तरिक्षका लागि गएका थिए ।
अन्तरिक्षयात्रीको टोली आइतवार चीनको भित्रि मंगोलियास्थित स्वायत्त क्षेत्रमा शेन्जो(१४ अन्तरिक्ष यान मार्फत अवतरण गरेका थिए । चीनको अन्तरिक्ष निकायले उक्त मिसनलाई “पूर्ण सफल” भनेको छ । कमाण्डर चन डुङ, टोली सदस्य लिओ आङ र साइ सुझेले अवतरणपछि प्रसारक सीसीटीभीले प्रसारण गरेको अडियोमार्फत आफूहरूले आराम महसुस गरेको बताएका थिए।
अवतरण क्षेत्रमा रहेका कर्मचारीहरूले शेन्जो-१४ बाट बाहिर निकाले जुन स्थानीय समय अनुसार बेलुकाको ८ बजे अवतरण गरेको थियो । उक्त यान अन्तरिक्ष केन्द्रबाट निस्किएको ९ घण्टापछि अवतरण गरेको थियो । चीनकी पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष केन्द्रमा बिर्सनै नसकिने क्षण बनेको बताइन् । उनले सिन्ह्वा समाचार संस्थासँग मातृभूमि फर्किन आफू उत्साही रहेको पनि बताइन् ।
अन्तरिक्षमा रहँदा तीन अन्तरिक्षयात्रीले टियनगङको दोस्रो र तेस्रो नमुनाको आगमन हेरे र नयाँ सुविधाहरूबारे जाँच र परीक्षण गर्न तीन पटक अन्तरिक्ष यात्रा पनि गरेका थिए । पछि उनीहरूले आफ्नो यान अर्को टोलीलाई हस्तान्तरण गरेका थिए । चिनियाँ तीन अन्तरिक्षयात्रीको टोली आफ्नो पहिलो टोली हस्तान्तरणका लागि अन्तरिक्ष केन्द्रमा बुधवार पुगेका थिए ।
नयाँ टोली उत्तर-पश्चिम चीनस्थित गोबि मरुभूमिमा रहेको जिओचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शेन्जो(१५ मा चढे । उनीहरू पनि अन्तरिक्ष केन्द्रमा ६ महिनाका लागि बस्नेछन् । सन् २०११ मा नासा नेतृत्वको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रपछि स्थायी रूपमा बस्न योग्य अन्तरिक्ष केन्द्र हुनेछ । चाइना म्यान्ड स्पेस एड्मिनिस्ट्रेसनका प्रवक्ताले नयाँ टोली अन्तरिक्ष केन्द्र वरपर उपकरणहरू जडान गर्ने काममा केन्द्रित हुने बताएका छन् । सोभियत संघ र अमेरिकापछि अन्तरिक्षमा अन्तरिक्ष यात्री पठाउने र अन्तरिक्ष केन्द्र बनाउने दुवै काम गर्ने चीन तेस्रो देश हो ।
टियनगङ अन्तरिक्ष केन्द्र अर्थात् ूहेभेन्ली प्यालेस ू चीनको नयाँ स्थायी अन्तरिक्ष केन्द्र हो । यसअघि चीनले टियनगङ-१ र टियनगङ -२ नामक दुई वटा अस्थायी अन्तरिक्ष केन्द्र प्रक्षेपण गरेको थियो । टियनगङ मिसन सुरु भएको दुई दशकमा चीनले प्रत्येक वर्ष दुई वटा मिसन प्रक्षेपण गर्ने ठानिएको छ ।
चीनले भावी मिसनहरूका लागि अन्तरिक्ष यात्री चयन गर्न आवेदन लिने प्रक्रिया खुला गरेको छ, जसमा यसअघि समावेश नगरिएका मकाओ र हङकङका विशेष प्रशासकीय क्षेत्रका आवेदकले पनि आवेदन दिन पाउनेछन् । साँस्कृतिक क्रान्तिका कारण थुप्रै बाधाहरू झेलेको चीनले सन् १९७० मा पहिलो पटक आफ्नो उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो । गत १० वर्षमा चीनले २ सयभन्दा बढी रकेटहरू प्रक्षेपण गरिसकेको छ।
चीनले चट्टानको नमुना संकलन गरेर फर्किन चाङ्ग अ फाइभ भनिने मानिस बिनाको अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेको छ । उसले चन्द्रमाको सतहमा चिनियाँ झन्डा पनि गाडेको छ जुन पहिला अमेरिकाले गाडेका झन्डाभन्दा जानाजान ठूला थिए । -बीबीसी
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












