रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण राेकेन,आठौं प्रहार
मस्को । रुसले दुई महिनाको बीचमा युक्रेनका विभिन्न सहरमा आठौँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । यस्तै दक्षिणी ओडेसामा पनि विद्युत् कटौती भएको छ । आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ ।
पछिल्लो आक्रमण यसअघिका प्रहारभन्दा कम विध्वंसकारी भएको जनाइएको छ । रुसले प्रहार गरेका ७० क्षेप्यास्त्रमध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन् । जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन् । यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो, जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए ।
राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन् । रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो । इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मस्कोको दक्षिण/पूर्वमा पर्ने र्याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु भएको छ । सो आक्रमणमा छ जना घाइते भएको छन् ।
सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएका छन् । ती दुवै क्षेत्र युक्रेन सीमाभन्दा सयौँ किलोमिटर पर छन् । सरातोभ क्षेत्रको हवाई अखाडामा रुसका लामो दूरीका रणनीतिक बमवर्षक राखिएको ठानिएको छ ।
सरातोभ क्षेत्रको एन्जल हवाई अखाडामा गत साता सैन्य विमानका बढ्दो गतिविधि देखा परेका तस्बिरहरू सार्वजनिक भएको पृष्ठभूमिमा यी विस्फोटन भएका हुन् । उक्त क्षेत्रका गभर्नरले सुरक्षा फौजहरूले सैन्य बिन्दुहरूमा भएका ती घटनाको जाँच गरिरहेको बताएका छन्।
युक्रेनमाथि आशंका
कतै ती विस्फोटनका पछाडि युक्रेनको हात छ कि भन्ने आशंका रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ती भएका भनिएका घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको बताए ।
तेल कटौतीप्रति रुस आक्रोशित
यता, पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ । कटौती गर्ने कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा अलिकति पनि फरक नपर्ने क्रेम्लिनले बताएको छ । युरोपेली संघले आगामी दिनमा समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ ।
उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ । प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ ।-बीबीसी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











