रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण राेकेन,आठौं प्रहार
मस्को । रुसले दुई महिनाको बीचमा युक्रेनका विभिन्न सहरमा आठौँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ । आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । यस्तै दक्षिणी ओडेसामा पनि विद्युत् कटौती भएको छ । आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ ।
पछिल्लो आक्रमण यसअघिका प्रहारभन्दा कम विध्वंसकारी भएको जनाइएको छ । रुसले प्रहार गरेका ७० क्षेप्यास्त्रमध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन् । जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन् । यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो, जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए ।
राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन् । रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो । इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मस्कोको दक्षिण/पूर्वमा पर्ने र्याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु भएको छ । सो आक्रमणमा छ जना घाइते भएको छन् ।
सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएका छन् । ती दुवै क्षेत्र युक्रेन सीमाभन्दा सयौँ किलोमिटर पर छन् । सरातोभ क्षेत्रको हवाई अखाडामा रुसका लामो दूरीका रणनीतिक बमवर्षक राखिएको ठानिएको छ ।
सरातोभ क्षेत्रको एन्जल हवाई अखाडामा गत साता सैन्य विमानका बढ्दो गतिविधि देखा परेका तस्बिरहरू सार्वजनिक भएको पृष्ठभूमिमा यी विस्फोटन भएका हुन् । उक्त क्षेत्रका गभर्नरले सुरक्षा फौजहरूले सैन्य बिन्दुहरूमा भएका ती घटनाको जाँच गरिरहेको बताएका छन्।
युक्रेनमाथि आशंका
कतै ती विस्फोटनका पछाडि युक्रेनको हात छ कि भन्ने आशंका रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ती भएका भनिएका घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको बताए ।
तेल कटौतीप्रति रुस आक्रोशित
यता, पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ । कटौती गर्ने कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा अलिकति पनि फरक नपर्ने क्रेम्लिनले बताएको छ । युरोपेली संघले आगामी दिनमा समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ ।
उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ । प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ ।-बीबीसी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












