पेरुको इतिहासमा पहिलो महिला राष्ट्रपतिको अभ्यास
काठमाडौं । पेरुमा पहिलो पटक महिला राष्ट्रपति नियुक्त गरिएकी छन् । नयाँ राष्ट्रपतिका रुपमा डिना बोलुआर्ते नियुक्त भएकी हुनु। यसअघि उनी उपराष्ट्रपति थिइनु । डिना भूतपूर्व राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएको केही घण्टामै राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भूपू राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना बाहिरिएसँगै पेरुमा आपतकालीन संसद बैठक बोलाइ पेड्रोलाई महाअभियोगसँगै पदमुक्त गरिएको थियो । हाल पेड्रो हिरासतमा छन् । डिना आगामी २०२६ सम्म पेरुको राष्ट्रपति रहने छिन् ।
पेरुमा नाटकिय रुपमा राजनैतिक घटनाक्रमको विकास भएको जनाइएको छ । पेड्रोले बुधवार राष्ट्रपतिबाट पदमुक्त हुनुअघि राष्ट्रिय टेलिभिजन मार्फत संकटकाल लागू गर्ने र संसद भंग गर्ने घोषणा गरेका थिए ।
संकटकाल लागू गर्ने घाेषणा गरेपछि पेड्रोको आलोचना गर्दै धेरै मन्त्रीहरुले राजीनामा दिएका थिए । संकटकाल लागू गर्ने घाेषणापछि यहाँको सरकारले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गराएको थियो । मतदानमा महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद उभिएका थिए । १० सांसदहरु भने मतदानमा सहभागी भएका थिएनन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











