के भारत र चीनले एकअर्काको भूमि अतिक्रमण गरेकै हुन् ?
दिल्ली । भारत र चीन दुवै देशले एकअर्कालाई आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन् । घटनाको चौथो दिन चीनबाट यस्तो प्रतिक्रिया आएको हो । गलवान क्षेत्रमा भारत र चीनबीच झडप हुँदा पनि भारतको प्रतिक्रिया नआउँदासम्म चीनले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन ।
चीनले जानीजानी सीमामा भारतसँग निहुँ खोजेको वा तनाव बढाउन खोजेको भारतीय रक्षाविद्हरूको बुझाइ छ। अरुणाचल प्रदेशको तवाङ क्षेत्रनजिकै भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको झडप भारत र चीन दुवैले स्वीकार गरेका छन् । यता भारतका रक्षामन्त्रीले संसद्मा चिनियाँ सेनाले तवाङको याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रणरेखामा अतिक्रमण गरेर एकतर्फी रूपमा विद्यमान अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेको भए पनि भारतीय सेनाले त्यसलाई विफल बनाइदिएको बताएका छन् ।
भारतीय रक्षामन्त्रीका अनुसार उक्त झडपमा भारतीय सैनिकको मृत्यु भएको छैन र कोही पनि गम्भीर घाइते भएका छैनन् । मन्त्री राजनाथ सिंहले यो भिडन्तमा दुवै देशका सैनिक घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन् । अरुणाचल प्रदेशमा भारत र चीनबीचको सीमा स्पष्ट छैन । त्यहाँ दुवै देशले आफ्नै किसिमका दाबी गर्दै आएका छन् । चीनले अरुणाचल राज्यको ९०हजार वर्ग किलोमिटर भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ। भारतले पश्चिममा रहेको अक्साई चीनमा ३८ हजार वर्ग किलोमिटर भूभागमा चीनले अवैध रूपमा नियन्त्रण गरेको दाबी गरेको छ।
भारतको भनाइपछि चिनियाँ विदेश मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाउँदै भारतलाई दुई देशबीचको सीमा सम्झौता पालना गर्न आग्रह गरेको बताइएको छ। चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ जनमुक्ति सेना (पीएलए) को वेस्टर्न थिएटर कमान्डले वास्तविक नियन्त्रणरेखामा चिनियाँ सैनिकहरू चिनियाँ भूमिमा नियमित गस्तीमा भएका बेला भारतीय सैनिकहरू चिनियाँ क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरूले चिनियाँ पक्षलाई रोक्ने प्रयास गरेको बताएका छन् ।
भारतका भूतपूर्व सेनाप्रमुख जेनरल बीपी मलिक भन्छन्, ‘याङ्त्से तवाङबाट २५ किलोमिटर उत्तरमा लगभग १२ हजार फिटको उचाइमा छ। यो पुरानो विवादित क्षेत्र हो । सन् १९९० को दशकमा भारत र चीनका अधिकारीहरूले वार्ता सुरु गर्दा यसलाई विवादित क्षेत्र पनि मानिन्थ्यो ।’ चीन र भारतबीचको यो झडप अचानक नभई यसका पछाडि चीनको कुनै न कुनै रणनीति हुनसक्ने भारतीय विश्लेषकहरूको दाबी छ।
भारतले सीमामा सैन्य उपस्थिति बढाएको छ, सुरक्षा पूर्वाधार बलियो बनाएको छ र निगरानीमा कडाइ गरेको छ। अहिले सीमामा परिस्थिति फेरिएको छ र भारतीय सेनाले चीनको रणनीतिविरुद्ध प्रतिक्रिया जनाइरहेको विश्लेषकहरूको विश्वास छ । भारत प्रविधि र सैन्य शक्तिका लागि अन्य देशहरूमा निर्भर छ। भारतको अर्थतन्त्र पनि चीनको जस्तो बलियो छैन। यस्तो अवस्थामा भारतले चीनलाई चुनौती दियो भने तनाव बढ्नेछ। -बीबीसी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












