के भारत र चीनले एकअर्काको भूमि अतिक्रमण गरेकै हुन् ?
दिल्ली । भारत र चीन दुवै देशले एकअर्कालाई आफ्नो भूमिमा अनधिकृत प्रवेश गरेको आरोप लगाएका छन् । घटनाको चौथो दिन चीनबाट यस्तो प्रतिक्रिया आएको हो । गलवान क्षेत्रमा भारत र चीनबीच झडप हुँदा पनि भारतको प्रतिक्रिया नआउँदासम्म चीनले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन ।
चीनले जानीजानी सीमामा भारतसँग निहुँ खोजेको वा तनाव बढाउन खोजेको भारतीय रक्षाविद्हरूको बुझाइ छ। अरुणाचल प्रदेशको तवाङ क्षेत्रनजिकै भारत–चीन सीमामा दुई देशका सेनाबीच भएको झडप भारत र चीन दुवैले स्वीकार गरेका छन् । यता भारतका रक्षामन्त्रीले संसद्मा चिनियाँ सेनाले तवाङको याङ्त्से क्षेत्रमा वास्तविक नियन्त्रणरेखामा अतिक्रमण गरेर एकतर्फी रूपमा विद्यमान अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेको भए पनि भारतीय सेनाले त्यसलाई विफल बनाइदिएको बताएका छन् ।
भारतीय रक्षामन्त्रीका अनुसार उक्त झडपमा भारतीय सैनिकको मृत्यु भएको छैन र कोही पनि गम्भीर घाइते भएका छैनन् । मन्त्री राजनाथ सिंहले यो भिडन्तमा दुवै देशका सैनिक घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन् । अरुणाचल प्रदेशमा भारत र चीनबीचको सीमा स्पष्ट छैन । त्यहाँ दुवै देशले आफ्नै किसिमका दाबी गर्दै आएका छन् । चीनले अरुणाचल राज्यको ९०हजार वर्ग किलोमिटर भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ। भारतले पश्चिममा रहेको अक्साई चीनमा ३८ हजार वर्ग किलोमिटर भूभागमा चीनले अवैध रूपमा नियन्त्रण गरेको दाबी गरेको छ।
भारतको भनाइपछि चिनियाँ विदेश मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाउँदै भारतलाई दुई देशबीचको सीमा सम्झौता पालना गर्न आग्रह गरेको बताइएको छ। चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ जनमुक्ति सेना (पीएलए) को वेस्टर्न थिएटर कमान्डले वास्तविक नियन्त्रणरेखामा चिनियाँ सैनिकहरू चिनियाँ भूमिमा नियमित गस्तीमा भएका बेला भारतीय सैनिकहरू चिनियाँ क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरूले चिनियाँ पक्षलाई रोक्ने प्रयास गरेको बताएका छन् ।
भारतका भूतपूर्व सेनाप्रमुख जेनरल बीपी मलिक भन्छन्, ‘याङ्त्से तवाङबाट २५ किलोमिटर उत्तरमा लगभग १२ हजार फिटको उचाइमा छ। यो पुरानो विवादित क्षेत्र हो । सन् १९९० को दशकमा भारत र चीनका अधिकारीहरूले वार्ता सुरु गर्दा यसलाई विवादित क्षेत्र पनि मानिन्थ्यो ।’ चीन र भारतबीचको यो झडप अचानक नभई यसका पछाडि चीनको कुनै न कुनै रणनीति हुनसक्ने भारतीय विश्लेषकहरूको दाबी छ।
भारतले सीमामा सैन्य उपस्थिति बढाएको छ, सुरक्षा पूर्वाधार बलियो बनाएको छ र निगरानीमा कडाइ गरेको छ। अहिले सीमामा परिस्थिति फेरिएको छ र भारतीय सेनाले चीनको रणनीतिविरुद्ध प्रतिक्रिया जनाइरहेको विश्लेषकहरूको विश्वास छ । भारत प्रविधि र सैन्य शक्तिका लागि अन्य देशहरूमा निर्भर छ। भारतको अर्थतन्त्र पनि चीनको जस्तो बलियो छैन। यस्तो अवस्थामा भारतले चीनलाई चुनौती दियो भने तनाव बढ्नेछ। -बीबीसी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











