उत्तर कोरियाले रुसी भाडाका सैनिकलाई क्षेप्यास्त्र दिएकै हो ?
किएभ । युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र रकेटहरू उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । ह्वाइट हाउसले उक्त कारोबारले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको जनाउँदै वाग्नर समूहमाथि थप प्रतिबन्धहरूको घोषणा गर्ने जनाएको छ । तर उत्तर कोरिया र वाग्नर समूहले भने उक्त विवरण अस्वीकार गरेका छन् ।
यूके सरकारका अनुसार युक्रेनमा वाग्नर ग्रुपका सैनिकको संख्या १ हजारबाट बढेर झन्डै २० हजार पुगेको छ । हालसालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको उक्त समूहमाथि पटक–पटक युद्ध अपराध र मानव अधिकार उल्लंघनको आरोप लाग्ने गरेको छ । ‘युक्रेनमा आफ्नो सैन्य कारबाहीलाई सहयोग गर्न वाग्नरले विश्वभर हतियार आपूर्तिकर्ताको खोजी गरिरहेको छ,’ ह्वाइट हाउस राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले सञ्चारकर्मीहरूलाई भने ।
‘हतियारका लागि रकम तिरेको वाग्नर समूहलाई उत्तर कोरियाले केही मात्रामा हतियार उपलब्ध गराएको हामी अब पुष्टि गर्न सक्छौँ,’उनले थपे । एउटा चुहिएको फुटेजमा वाग्गनरका नेता येभ्गेनी प्रिगोजिनले रुसमा बन्दीहरूलाई सम्बोधन गरेको देखिन्छ । वाग्गनरका नेता येभ्गेनी प्रिगोजिनले रुसमा बन्दीहरूलाई सम्बोधन गरेको चुहिएको एउटा भिडिओ फुटेजमा देखिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त समूहले उत्तर कोरियाबाट स्थल सेनाले प्रयोग गर्ने रकेट र क्षेप्यास्त्र खरिद गरेको छ ।
कर्बीका अनुसार वाग्नरले युक्रेनमा मासिक १० करोड अमेरिकी डलर भन्दा बढी रकम खर्च गरिरहेको छ । यूकेका विदेश मन्त्री जेम्स क्लेभर्लीले आफूहरू उनको मूल्यांकनमा सहमत रहेको जनाएका छन् । ‘राष्ट्रपति (भ्लादिमिर) पुटिनले मद्दत माग्न उत्तर कोरियातर्फ फर्केको यथार्थ रुसको निराशा र एक्लोपनको सङ्केत हो,’ यूके विदेशमन्त्रीले एक विज्ञप्तिमा भने ।
तर वाग्नरका समूहका सञ्चालकले भने त्यसलाई हल्ला र अनुमानको’ संज्ञा दिँदै उक्त दाबीलाई अस्वीकार गरेका छन् । उत्तर कोरियाको विदेश मन्त्रालयले उक्त विवरण निराधार रहेको जनाएको छ । उत्तर कोरियाका एक जना प्रवक्ताले आफ्नो देश र रुसबिच कारोबार कहिल्यै नभएको र आफूहरूको भनाइ परिवर्तन नहुने बताएका छन् ।
सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा गाभ्ने क्रममा वाग्नर समूहले पहिलो पटक त्यहाँको युद्धमा सहभागिता जनाएको विश्वास गरिन्छ । पश्चिमा राष्ट्रका विज्ञहरूका अनुसार वाग्नर समूह रुसद्वारा प्रायोजित भाडाका सैनिकहरूको समूह हो । त्यसमा आबद्ध लडाकुहरू क्रेम्लिनको स्वार्थमा काम गर्छन् ।
उक्त निजी सैन्य कम्पनीको स्थापना भूतपूर्व रेस्टुराँ व्यवसायी येभ्गेनी प्रिगोजिनले गरेका हुन् । उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी मानिन्छ । उनीमाथि बारम्बार युद्ध अपराध र मानवाधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ । वाग्नरले यसअघि क्राइमिया, सिरिया, लिबिया, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिकहरू पठाएको थियो ।-बीबीसी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











