उत्तर कोरियाले रुसी भाडाका सैनिकलाई क्षेप्यास्त्र दिएकै हो ?
किएभ । युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर समूहलाई उत्तर कोरियाले युद्ध क्षेत्रमा प्रयोग हुने क्षेप्यास्त्र र रकेटहरू उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । ह्वाइट हाउसले उक्त कारोबारले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको जनाउँदै वाग्नर समूहमाथि थप प्रतिबन्धहरूको घोषणा गर्ने जनाएको छ । तर उत्तर कोरिया र वाग्नर समूहले भने उक्त विवरण अस्वीकार गरेका छन् ।
यूके सरकारका अनुसार युक्रेनमा वाग्नर ग्रुपका सैनिकको संख्या १ हजारबाट बढेर झन्डै २० हजार पुगेको छ । हालसालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको उक्त समूहमाथि पटक–पटक युद्ध अपराध र मानव अधिकार उल्लंघनको आरोप लाग्ने गरेको छ । ‘युक्रेनमा आफ्नो सैन्य कारबाहीलाई सहयोग गर्न वाग्नरले विश्वभर हतियार आपूर्तिकर्ताको खोजी गरिरहेको छ,’ ह्वाइट हाउस राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले सञ्चारकर्मीहरूलाई भने ।
‘हतियारका लागि रकम तिरेको वाग्नर समूहलाई उत्तर कोरियाले केही मात्रामा हतियार उपलब्ध गराएको हामी अब पुष्टि गर्न सक्छौँ,’उनले थपे । एउटा चुहिएको फुटेजमा वाग्गनरका नेता येभ्गेनी प्रिगोजिनले रुसमा बन्दीहरूलाई सम्बोधन गरेको देखिन्छ । वाग्गनरका नेता येभ्गेनी प्रिगोजिनले रुसमा बन्दीहरूलाई सम्बोधन गरेको चुहिएको एउटा भिडिओ फुटेजमा देखिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त समूहले उत्तर कोरियाबाट स्थल सेनाले प्रयोग गर्ने रकेट र क्षेप्यास्त्र खरिद गरेको छ ।
कर्बीका अनुसार वाग्नरले युक्रेनमा मासिक १० करोड अमेरिकी डलर भन्दा बढी रकम खर्च गरिरहेको छ । यूकेका विदेश मन्त्री जेम्स क्लेभर्लीले आफूहरू उनको मूल्यांकनमा सहमत रहेको जनाएका छन् । ‘राष्ट्रपति (भ्लादिमिर) पुटिनले मद्दत माग्न उत्तर कोरियातर्फ फर्केको यथार्थ रुसको निराशा र एक्लोपनको सङ्केत हो,’ यूके विदेशमन्त्रीले एक विज्ञप्तिमा भने ।
तर वाग्नरका समूहका सञ्चालकले भने त्यसलाई हल्ला र अनुमानको’ संज्ञा दिँदै उक्त दाबीलाई अस्वीकार गरेका छन् । उत्तर कोरियाको विदेश मन्त्रालयले उक्त विवरण निराधार रहेको जनाएको छ । उत्तर कोरियाका एक जना प्रवक्ताले आफ्नो देश र रुसबिच कारोबार कहिल्यै नभएको र आफूहरूको भनाइ परिवर्तन नहुने बताएका छन् ।
सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा गाभ्ने क्रममा वाग्नर समूहले पहिलो पटक त्यहाँको युद्धमा सहभागिता जनाएको विश्वास गरिन्छ । पश्चिमा राष्ट्रका विज्ञहरूका अनुसार वाग्नर समूह रुसद्वारा प्रायोजित भाडाका सैनिकहरूको समूह हो । त्यसमा आबद्ध लडाकुहरू क्रेम्लिनको स्वार्थमा काम गर्छन् ।
उक्त निजी सैन्य कम्पनीको स्थापना भूतपूर्व रेस्टुराँ व्यवसायी येभ्गेनी प्रिगोजिनले गरेका हुन् । उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी मानिन्छ । उनीमाथि बारम्बार युद्ध अपराध र मानवाधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ । वाग्नरले यसअघि क्राइमिया, सिरिया, लिबिया, माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सैनिकहरू पठाएको थियो ।-बीबीसी
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












