‘अब प्रदेश सरकार पनि आलोपालोमा चलाउँछौं’
काठमाडौं । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा मंसिर ४ गतेको चुनावअघिकै गठबन्धन कायम भएको जनाएका छन् । उनले अब संघ र प्रदेश सरकारलाई पूर्णता दिइने पनि जनाए । अब संघ र प्रदेश सरकारलाई पूर्णता दिइने पनि जनाए । प्रतिनिधिसभाबाट सोमबार ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् ।
गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा आफूहरुले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने जनाए । आलोपालोबाट सरकार चलाउँदै जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने प्रचण्डको दाबी छ ।
प्रमुख दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संघीय सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार गर्ने समझदारी भएको स्रोतहरुको दाबी छ । प्रधानमन्त्रीले प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीमा पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । ‘हिजोबाट फेरि राजनीतिक वातावरण, एउटा लय पक्डिएको छ । झण्डै ११ वटा पार्टीको विश्वासको मतसहित अब हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज विहानबाटै नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर संवाद छलफल भएको छ सरकारलाई पूर्णता दिने बारेमा’ उनले भने ।
आफ्नो चुनाव क्षेत्रमा सडक शिलान्यास गर्दै प्रचण्डले चुनावको दौरान आफूले गरेको प्रतिवद्धता पूरा गर्ने बताए । सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको उनले जानकारी दिए । कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार बिकासमन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताए । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मंगलबार शिलान्यास गरिएको सडक गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडक भएको बताए ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












