‘प्रधान न्यायाधीश नियुक्तिमा ढिलाइ न्यायपालिका माथिको हस्तक्षेप’
काठमाडौं । उच्च अदालतका न्यायाधीश टीएन कुँवरले लामो समयदेखि प्रधान न्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताउनु भएको छ । उहाँले एक वर्षभन्दा बढी समयदेखि नेपालको न्यायपालिका कायममुकायम प्रधानन्यायाधीशको भरमा चल्ने अवस्था सिर्जना हुनुमा मूलतः कार्यपालिका र त्यसपछि व्यवस्थापिका जिम्मेवार रहेको जनाउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै न्यायाधीश कुँवरले कार्यपालिका र व्यवस्थापिका कमजोर हुँदा समेत न्यायपालिकाले राज्यको जीवन सुचारु गरिरहेको विगतको कठिन समय स्मरणीय रहेको जनाउनु भयो । विगतमा दमनकारी शासनको समयमा मानवअधिकारको रक्षा, नागरिकको मौलिक अधिकारको संरक्षण र कानुनी शासनको बहालीका लागि अदालतले नै सबैभन्दा बढी भूमिका निर्वाह गरेको कुँवरले दाबी गर्नु भएको छ ।
न्यायाधीश कुँवर सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘स्वतन्त्र न्यायपालिका नभएको भए यो संभव थिएन । तर आज न्यायपालिकाको स्वतन्त्रतालाई खेलबाड गर्दै न्यायिक नेतृत्वको नियुक्ति अनिश्चितकालीन परिस्थितितर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ । यसले सिंगो नेपाल र नेपालीको स्वतन्त्र न्यायपालिकाबाट स्वच्छ न्याय पाउने हक नै कुण्ठित हुन पुगेको छ ।’
गतिरोधका बिरूद्ध न्यायपालिका आफैं बोल्न नमिल्ने न्यायिक आत्मसंयमको मूल्य–मान्यतालाई कमजोरीको रूपमा कदापि हेर्न नहुने कुँवर ले जनाउनु भएको छ । न्याय र कानुन क्षेत्रका विद्वानहरुले न्यायपालिकाको स्वतन्त्रतामा आँच आऊने कुनै पनि परिस्थितिको अन्त्य गर्नका लागि समयमै सशक्त आवाज उठाउनु पर्नेमा पनि उहाँले जोड दिनु भएको छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












