गठबन्धनको बैठक बस्दै, मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल गरिने
काठमाडौं । सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न गठबन्धन दलहरुको बैठक आज दिउँसो बस्ने बस्ने भएको छ । बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि साना दलहरुले धेरै मन्त्रालय मागे पछि र मन्त्रीका आकांक्षी धेरै भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सकस भएको हो। यसबीचमा उनले सबै दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ। यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी हने सम्भावना छैन।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन्। माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ भने कांग्रेसले अर्थ मन्त्रालय लिने करिब पक्का भएको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ।
सत्ता घटक दल कांग्रेसले अर्थसहित कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ। तर प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सात मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित अर्थ मन्त्री बन्ने चर्चा भइरहेको छ। शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












