१९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युतको आन्तरिक परीक्षण पूरा
शुक्रबारदेखि प्रसारण प्रणालीमा थपिँदै
काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको आन्तरिक परिक्षण पूरा गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम सकाएर परीक्षण पूरा गरेको कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताउनु भयो । ‘आयोजनाको विद्युत ग्रिडमा जोडिनु अघिको सबै काम पूरा भइसकेको छ’, उहाँले पत्रकारसँग भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीले परीक्षण पूरा गरी शुक्रबार (चैत १७ गते) देखि राष्ट्रिय प्रणाली प्रणालीमा जोड्ने योजना छ ।’
आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि प्राधिकरणलाई दुई साता नि:शुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने १२ किलोमिटर प्रसारण लाइनको काम प्रवर्द्धक कम्पनीले नै निर्माण गरेको छ ।
आयोजना सम्पन्न गर्न ३ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाम एनएमबी बैंकको अगुवाईमा ४ बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी हो । त्यसअघि आयोजनाबाट २०७६ साल पुसमा नै विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित भएको हो ।
आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९।८ मेगावाट बनाइएको हो । सोलु खोला बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३।५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी निर्माण पूरा भई सञ्चालनमा आइसकेको छन ।
आयोजनाको थप विवरण
आयोजना नाम : माथिल्लो सोलु खोला
प्रवर्द्धक : बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालि
क्षमता : १९.८ मेगावाट
सुरुङ : २.४ किलोमिटर
सुरुको लागत : ३ अर्ब ५४ करोड रूपैयाँ ९१८ मेगावाटका लागि अनुमान गरिएको लागत
लगानीकर्ता वित्तिय संस्था : ७० प्रतिशत (एनएमबीको अगुवाईमा ४ बैंक)
सबस्टेसन : तिन्ला
प्रसारण लाइन : १२ किलोमिटर
सुरुको व्यापारिक उत्पादन तालिका : २०७६ पुस, संशोधित : २०७७ पुस, पुन: संशोधित : २०७९ चैत
सुरुको आयोजनाको क्षमता : १८ मेगावाट, क्षमता विस्तार : १९.८ मेगावाट
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












