शुक्लाफाँटामा बढ्दै कृष्णसार
काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर कृष्णसारको सङ्ख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
गत शुक्रबार सम्पन्न भएको गणनाअनुसार कृष्णसारको सङ्ख्या बढेर दुई सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए । पछिल्लो गणनाअनुसार भाले वयस्क ६५ र पोथी वयस्क ८७ वटा कृष्णसार रहेका छन । पूर्ण वयस्क नभएका पोथीको सङ्ख्या २३ वटा रहेको छ भने पूर्ण वयस्क नभएका भाले कृष्णसारको सङ्ख्या २४ वटा रहेको छ । त्यसैगरी ५२ वटा पाठापाठी छन ।
‘गत फागुनमा गणना हुँदा कृष्णसारको सङ्ख्या दुई सय ३७ वटा रहेको थियो’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘चैत पहिलो साता सम्पन्न गणनामा यो सङ्ख्या बढेर दुई सय ५१ पुगेको छ ।’ उनले हिरापुर फाँटामा कृष्णसारका लागि पर्याप्त वासस्थान रहेको बताए ।
‘सन् १९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरी यहाँ कृष्णसार ल्याइएको हो’, उनले भने, ‘सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुआत गरेको कृष्णसारको वासस्थान अहिले करिब ५९ वर्गकिलोमिटर पुगेको छ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ । ‘यहाँ कृष्णसार बढ्दै छन्, यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ’, उनले भने, ‘निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।’
केही वर्षयता उत्साहजनक ढङ्गले कृष्णसारको सङ्ख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो । शुक्लाफाँटा रािष्ट्रय निकुञ्ज बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको सङख्या ३६ पुगेको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












