सुद्धीकरण चलाउँदै गर्दा पत्रकारकै गाडीमा भेटियो लागुऔषध
काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट पर्सा प्रहरीले प्रेस लेखेको गाडीबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको छ ।
पर्सा इनर्वा प्रहरी चौकिबाट खटेको प्रहरी टोलीले परीक्षणको क्रममा वीरगञ्ज स्थित रजनजयन्ती चोकबाट उक्त गाडी सहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले ‘टी मिडिया प्रा.लि द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को गाडीबाट ठुलो मात्रामा लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेका छन् । बा ७ च ४६४२ नम्बरको प्रेस लेखेको सेन्ट्रो कारमा भारतीय सिमावर्ती सहर रक्सौलबाट लागुऔषध लोडगरी ल्याइरहेको अवस्थामा प्रहरीले चालक र गाडीलाई नियन्त्रमा लिएको हो ।
भारतबाट वीरगञ्जतर्फ आइरहेको अवस्थामा चेकजाँचको क्रममा लागुऔषध सहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । गाडीबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिइएको नायव प्रहरी उपरिक्षक बुढाथोकीले बताए ।
सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक परीक्षण गर्दा लागूऔषध र नगद बरामद भएको प्रनाउ बुढाथोकीको भनाई छ। स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि बरामद भएको छ ।
लागूऔषध र नगद सहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘निगरानी अनलाइन डटकम’ हेटौंडा मूख्य कार्यकाल भई ‘टी मिडिया नेटवर्क प्रा.लि.’ द्वारा सञ्चालित छ। मिडियाका अध्यक्ष आदर्श सिंह थोकर छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












