दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानीको मूल प्रयोगमा अवरोध नगर्न नेपाल सरकार तथा सम्बद्ध निकायको नाममा अन्तरिम आदेश जारी भएको हो । रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिका–४ उपल्लाचौरको बजारमा लैजान लागिएकामा बागलुङ नगरपालिकाको अगुवाइमा केही समूहले खानेपानीको मुहान भत्काएकाले त्यस विरुद्ध रत्नेचौरवासी सर्वोच्च अदालतमा पुगेका थिए ।
वषौँदेखि रत्नेचौरवासीले प्रयोग गदै आएको खानेपानीमा कुनै किसिमको अवरोध नगर्न, नयाँ संरचना नबनाउन र पानी सहज आपूर्तिको वातावरण बनाउन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्रीको कार्यालय, खानेपानी तथा ढल निकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, बागलुङ जिल्ला प्रशासन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको अधिवक्ता चिरञ्जीवीशर्मा पौडेलले जानकारी दिनुभयो ।
रत्नेचौरवासीका तर्फबाट अधिवक्ता चीरञ्जीवी शर्मा र बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता चन्द्रप्रसाद गुरागाईं र बुद्धिलाल श्रेष्ठले बहस गर्नुभएको थियो । नेपालको संविधानमा खानेपानी सबै नेपालीको अधिकार भएकाले प्रयोग गरिरहेकालाई वञ्चित हुन नदिन र अन्य स्रोत खोजी गर्न मागसहित दायर रिटमा नेपाल सरकार र मातहतका निकायको नाममा कारण देखाउ आदेश सहित अन्तरिम आदेश जारी भएको अधिवक्ता शर्माले बताउनुभयो ।
“बागलुङवासीलाई पनि खानोपनीको पहुँचबाट वञ्चित गर्नुहुदैन, अन्य स्रोतको खोजी गरी रत्नेचौरवासीले प्रयोग गरिरहेको खानेपानीलाई अवरोध नगर्न आदेश भएको छ” उहाँले भन्नुभयो । रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा, नेत्रबहादुर महत, दुर्गाबहादुर रावल, कृष्णबहादुर बोगटी र मनु रावलले सर्वोच्चमा खानेपानीको सहज आपूर्तिमा अवरोध नगर्न माग गदै सो रिट दायर गर्नुभएको थियो ।
विसं २०२३ देखि खनाराम थापा र उहाँका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गदैं आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिना नै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्याङ्की र मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
विसं २०२३ मा कुलो निर्माणमा कमेरे खानेपानी आयोजनाको संरचना बनाइ र कुलोबाट लगेको पानी उपभोग गर्दै आइएको थियो । विसं २०३६ मा खानेपानीका लागि पाइपको व्यवस्था गर्नाका साथै खानेपानीको मूल प्रयोग गरेबापत विसं २०५३ मा रु १२ हजार रत्नेचौरवासीले जग्गाधनी खनाराम थापालाई दिएका थिए ।
खानेपानीको मुहानमा यसअगाडि विसं २०६२ मा समेत विवाद भएको र सो विवादमा पनि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको थियो । कमेरे खानेपानी रत्नेचौरका करिब चार सय घरधुरीले प्रयोग गदैँ आइरहेका थिए । रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूले प्रयोग गदैंँ आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताइरहेका छन् भने बागलुङवासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












