दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साविककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानीको मूल प्रयोगमा अवरोध नगर्न नेपाल सरकार तथा सम्बद्ध निकायको नाममा अन्तरिम आदेश जारी भएको हो । रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५ स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिका–४ उपल्लाचौरको बजारमा लैजान लागिएकामा बागलुङ नगरपालिकाको अगुवाइमा केही समूहले खानेपानीको मुहान भत्काएकाले त्यस विरुद्ध रत्नेचौरवासी सर्वोच्च अदालतमा पुगेका थिए ।
वषौँदेखि रत्नेचौरवासीले प्रयोग गदै आएको खानेपानीमा कुनै किसिमको अवरोध नगर्न, नयाँ संरचना नबनाउन र पानी सहज आपूर्तिको वातावरण बनाउन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्रीको कार्यालय, खानेपानी तथा ढल निकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, बागलुङ जिल्ला प्रशासन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको अधिवक्ता चिरञ्जीवीशर्मा पौडेलले जानकारी दिनुभयो ।
रत्नेचौरवासीका तर्फबाट अधिवक्ता चीरञ्जीवी शर्मा र बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता चन्द्रप्रसाद गुरागाईं र बुद्धिलाल श्रेष्ठले बहस गर्नुभएको थियो । नेपालको संविधानमा खानेपानी सबै नेपालीको अधिकार भएकाले प्रयोग गरिरहेकालाई वञ्चित हुन नदिन र अन्य स्रोत खोजी गर्न मागसहित दायर रिटमा नेपाल सरकार र मातहतका निकायको नाममा कारण देखाउ आदेश सहित अन्तरिम आदेश जारी भएको अधिवक्ता शर्माले बताउनुभयो ।
“बागलुङवासीलाई पनि खानोपनीको पहुँचबाट वञ्चित गर्नुहुदैन, अन्य स्रोतको खोजी गरी रत्नेचौरवासीले प्रयोग गरिरहेको खानेपानीलाई अवरोध नगर्न आदेश भएको छ” उहाँले भन्नुभयो । रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा, नेत्रबहादुर महत, दुर्गाबहादुर रावल, कृष्णबहादुर बोगटी र मनु रावलले सर्वोच्चमा खानेपानीको सहज आपूर्तिमा अवरोध नगर्न माग गदै सो रिट दायर गर्नुभएको थियो ।
विसं २०२३ देखि खनाराम थापा र उहाँका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गदैं आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिना नै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्याङ्की र मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि विवाद उत्कर्षमा पुगेको थियो ।
विसं २०२३ मा कुलो निर्माणमा कमेरे खानेपानी आयोजनाको संरचना बनाइ र कुलोबाट लगेको पानी उपभोग गर्दै आइएको थियो । विसं २०३६ मा खानेपानीका लागि पाइपको व्यवस्था गर्नाका साथै खानेपानीको मूल प्रयोग गरेबापत विसं २०५३ मा रु १२ हजार रत्नेचौरवासीले जग्गाधनी खनाराम थापालाई दिएका थिए ।
खानेपानीको मुहानमा यसअगाडि विसं २०६२ मा समेत विवाद भएको र सो विवादमा पनि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको थियो । कमेरे खानेपानी रत्नेचौरका करिब चार सय घरधुरीले प्रयोग गदैँ आइरहेका थिए । रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूले प्रयोग गदैंँ आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताइरहेका छन् भने बागलुङवासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












