योजना छनोट गर्न स्थानीय तहमा छलफल गरिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजना छनोटका लागि स्थानीय तहमा छलफल सुरुआत गरेको छ । यसका लागि कैलालीको टीकापुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा कैलाली क्षेत्र नं १ का प्रदेश सभासद, टीकापुर, जानकी र जोशीपुरका पालिका प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका सबै कार्यालयका प्रमुख, अन्य विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
टीकापुरबाट सुरु भएको योजना तर्जुमा गोष्ठी यही वैशाख २३ गतेसम्म सबै निर्वाचन क्षेत्रमा सक्ने तयारी प्रदेश सरकारको छ । गोष्ठीमा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारले नयाँ अभ्यास गरिरहेकाले वर्गीकरण गरेर योजना छनोट हुने र सामाजिक, सार्वजनिक सरोकारका योजना प्राथमिकतामा रहने बताउनुहुन्छ । “सबै क्षेत्रलाई समेट्ने गरी योजना छनोट गर्नका लागि स्थानीय तहमा आएका हौँ”, उहाँ भन्नुहुन्छ, “हामीले व्यक्तिगत हित होइन, सामाजिक विकासमा सहयोग हुने खालका योजना ल्याउनेगरी छलफल थालेका हौँ ।”
अर्का प्रदेशसभा सदस्य ललिता सुनारले पालिकामार्फत योजना छनोटका लागि छलफल भएको र पालिकाबाट सिफारिस भएका योजनामात्रै समावेश हुने बताउनुहुन्छ । “सरकारले पहिलोपटक स्थानीय पालिकाबाट सिफारिस भएका योजना छनोट गर्छ”, उहाँ भन्नुहुन्छ, “अब प्रदेशसभा सदस्यले मनपरी योजना हाल्न पाउँदैनन् ।”
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी यसअघिका कार्यकालमा प्रदेशका योजनाको जानकारी स्थानीय सरकारलाई जानकारी नहुने भएकाले अबको यो अभ्यासले एकखालको पद्धति बस्ने बताउनुहुन्छ । “योजना छनोटका लागि गोष्ठी हुँदैछ भनी खबर ढिला भयो, तयारी पनि गर्न पाइएन”, उहाँ भन्नुहुन्छ, “पूर्वजानकारी भएको भए अझ छलफल प्रभावकारी हुन्थ्यो, तर ढिलो भए पनि अब स्थानीय सरकारसँगको छलफलपछि योजना आउँछन् ।”
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी प्रदेश सरकारले योजना छनोट गोष्ठी हतारमा गरेकाले सबै योजना समेट्न गाह्रो हुने बताउनुहुन्छ । “यस्तो हतारमा कसरी योजना छान्नु, समय कम भयो, एकदिनमा कहाँ हुन्छ र”, उहाँले भन्नुहुन्छ, “कम्तीमा चार दिन छलफल हुनुपर्छ ।”
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख डम्बरप्रसाद धिताल यस वर्ष स्थानीय तह, प्रदेशसभा सदस्यको प्रत्यक्ष सहभागितामा योजना छनोट हुँदा स्थानीय प्राथमिकताका योजना समावेश हुने बताउनुहुन्छ । “विगतमा आफ्नै तरिकाले छनोट हुने योजना अब विधिवतरूपमा आउनेछन् । यस वर्ष समय अभाव भएकाले सूचना आदान–प्रदान तथा जानकारीमूलक हुनेछ । आउँदो वर्षबाट स्थानीयस्तरबाटै आवश्यक योजनामात्र प्रदेशमा माग हुनेछन्”, उहाँ भन्नुहुन्छ, “यो प्रभावकारी भएको छ । सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको छ । विगतमा योजना प्रदेशसभा सदस्यले मात्र ल्याउने हो भन्ने रहेन, अब स्थानीयका मागअनुसार पालिका र प्रदेशसभा सदस्य मिलेर योजना छनोट हुने भएका छन् ।”
स्थानीय प्रदेश सरकारले पालिकाको योजनामा भएका योजना छनोटका लागि थालेको यो अभियान प्रभावकारी हुनुपर्ने बताउँछन् । स्थानीय योजना अधिकारीले पालिकास्तरबाट छनोट भएका योजनालाई प्रदेश सरकारले पारित गर्नुपर्ने, पालिका र प्रदेशसभा सदस्यले चाहेका योजनामात्रै समावेश गर्न नहुने बताउनुहुन्छ । “पालिकाले गर्न नसेकेको ठूला योजना प्रदेशमा पठाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “पालिकाको योजना बैंक हुनुपर्छ । सिस्टममा योजना मागिएमा विकास हुन्छ ।”
Comments
अरु समाचार
-
माछा मार्ने विस्फोट पदार्थ बनाउने क्रममा विस्फोट एक जनाको मृत्यु
काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला...
-
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
काठमाडौं । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे...
-
मुग्लिन–काठमाडौं सडक दैनिक तीन घण्टा बन्द हुने
काठमाडौं । मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत...
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
काठमाडौं । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...