भारतको मणिपुरमा जातीय दंगा, नेपाली भाषी सुरक्षित
काँकडभिट्टा । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ ।
नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । “चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन । कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन ।”
उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा नेपाली भाषीको बसोबास रहेको छ । उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन् । थोरैले राज्यको नोकरी पनि गरिरहेका छन् । नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ । तर, अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताउनुभयो ।
पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आउनुभएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्याङ्कीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय नाका पानीट्याङ्कीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ । साताको दुई पटकमात्र इम्फालका लागि पानीट्याङ्कीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रतिव्यक्ति भारु तीन हजार दई सय रहेको उहाँले बताउनुभयो ।
पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरू बाक्लै जाने गर्छन् । तर, मणिपुर जानेको सङ्ख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताउनुभयो । “मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिकस्थल पनि छैनन्,” उहाँले भन्नुभयो, “कोहीकोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन् । एकदमै थोरै सङ्ख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरू जाने गरेको पाइएको छ ।”
मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ । त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन् । आसामको गुवाहाटी र नागालेन्डको डिमापुर हुँदै रेल यात्रा गरेरसमेत मणिपुर पुग्न सकिन्छ । नेपालबाट मणिपुर जाने एकमात्र स्थलनाका काँकडभिट्टा नै हो । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताउनुभयो ।
नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन् । “चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,” प्रहरी नायब उपरीक्षक भारतीले भन्नुभयो, “भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै हुन्छ । उहाँहरूले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ । अहिलेसम्म नेपालीहरू मणिपुर हिंसामा परेको कुनै जानकारी छैन ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












