इमरान खानलाई पक्राउ गर्नु गैरकानुनी भएको अदालतको ठहर
इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी बताएको छ। द डन समाचार पत्रका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले बिहीबार साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै उनलाई उच्च अदालतमा हाजिर गराउन आदेश दिएको हो।
यसअघि उक्त इजलासले आज एक घन्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो। सोहीअनुसार ब्युरोले उनलाई सर्वोच्च पुर्याएको थियो। खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए।
पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो। गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो।
अलजजिरा टेलिभिजनसँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए। उनीविरूद्ध भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको आरोप छ। खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेका छन्।
Comments
अरु समाचार
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...
-
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताएका...
-
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै...
-
दूतावासको टोलीले दिन थाल्यो पोर्चुगलमा कन्सुलर सेवा
काठमाडौं । पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ...