सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु
काठमाडौं । सुडानी सेना र यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल–बुहारन र उप–प्रमुख मोहम्मद हमदान डागलोप्रति वफादार सुरक्षा बल (र यापिड सपोर्ट फोर्सेज) बीचको द्वन्द्वले एक महिना नाघिसकेको छ ।
‘सुडानको सशस्त्र बल र यापिड सपोर्ट फोर्सेजबीच लगातार ३० दिनसम्म जारी द्वन्द्वमा विशेष गरी खार्तूम र आसपासका क्षेत्रमा कम्तीमा ६७६ जनाको मृत्यु भएको छ भने पाँच हजार ५७६ जना घाइते भएका छन्,’ ओसीएचएले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार गत अप्रिल १५ देखि हालसम्म द्वन्द्वका कारण नौ लाख ३६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये करिब सात लाख ३६ हजार २०० आन्तरिक रूपमा विस्थापित भएका छन् भने करिब दुई लाखले छिमेकी मुलुकमा शरण लिएका छन् ।
गत अप्रिलको मध्यमा भएको झडपपछि सुडानको राजधानी खार्तूमका बासिन्दाले खाद्यान्नको चरम अभाव झेल्दै आएका छन् । झडपमा विशेषगरी दर्जनौँ कारखानाहरू लुटिएका वा जलाइएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा करिब एक करोड ५८ लाख सुडानी अर्थात् सुडानको जनसङ्ख्याको करिब एक तिहाइलाई मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ ।
मे ११ मा, सुडानी युद्धरत पक्षहरूले साउदी बन्दरगाह शहर जेद्दाहमा आपतकालीन मानवीय सहायता वितरणलाई सहजीकरण गर्न र नागरिकहरूको सुरक्षित निकासीको ग्यारेन्टी गर्न सुडानका नागरिकहरूको रक्षा गर्ने प्रतिबद्धताको घोषणापत्रमा हस्ताक्षर गरेका भएपनि हिंसा रोक्ने सम्झौता भने गरिएको छैन । हिंसात्मक झडपमा कमी आएको छैन ।
यद्यपि, दुवै पक्षले एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको र सशस्त्र द्वन्द्व जारी राखेको आरोप लगाएका छन् । सुडानी सेनाले आइतबार आरएसएफले ओमदुरमान शहरको अल–मसाल्मा क्षेत्रमा रहेको एक चर्चमा क्रिश्चियन उपासकहरूलाई गोली हानेको आरोप लगाएको थियो ।यद्यपि आरएसएफले घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ र यसको पछाडि सेनाको हात रहेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












