बस दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौं । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...











