प्रतिनिधिसभाको अवरोध हटाउन शीर्ष दलका मुख्य नेता छलफलमा
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको अवरोध बारेमा छलफल गर्न मुख्य दलका शीर्ष नेता र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक छलफलमा जुटेका छन् ।
सिंहदरबारमा भएको छलफल प्रतिनिधिसभाको अवरोध हटाउनेबारे केन्द्रित रहेको बताइएको छ । माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा चढाइएको जलहरीमा सुनको सट्टा पित्तल हालेर भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेपछि मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो ।
साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । त्यसअघि नै सहमति खोज्न दलहरू जुटेका हुन् ।
यसैबीच, आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।
शुक्रबार नै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी बिबादले संसद् चल्न नसक्दा संसद् विषयबस्तुमै प्रवेश गर्न सकेको थिएन ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












