आज गणतन्त्र दिवस
काठमाडाैं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ ।
विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।
Comments
अरु समाचार
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
रोशीका वडाध्यक्ष लामाको निधन
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आइरहेका...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...