‘अखण्ड भारत’ नक्सामा नेपालको भूमि उल्लेख गरिएको विषय सरकारको नोटिसमा छः उर्जा मन्त्री बस्नेत
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतले संसद् भवनमा बनाएको नक्सामा नेपाली भूभागसमेत उल्लेख गरेको विषय नोटिसमा रहेको बताएका छन्।
मंगलबार बिहान बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले नक्सा कस्तो प्रकृतिको हो भनेर बुझ्न आवश्यक रहेको पनि बताए।
समितिको बैठकमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भारतकाे संसद् भवनको भित्तेनक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको आएको बारे जिज्ञासा राखेका थिए।
‘यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण दलको सदस्य हुनुहुन्छ। भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको आएको छ । यस सन्दर्भमा के भएको हो? सरकारको ध्यान पुगोस,’ सांसद् गैरेले भनेका थिए।
जवाफमा मन्त्री बस्नेतले विषय सरकारको नोटिसमा रहेकाले बुझ्ने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि भारत भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको ८८ सदस्यीय भ्रमण टोलीमा मन्त्री बस्नेत पनि छन्। भ्रमण टोलीमा पाँच जना मन्त्री रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












