भारत जानु अगाडि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्।
बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोली नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस-माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए।
सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। प्रचण्डको औपचारिक भेटघाट र कार्यक्रम बिहीबार बिहान सुरु हुने कार्यतालिका छ। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट हुने कार्यतालिका छ।
त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ। त्यहाँ उनले फोहोर व्यवस्थापनसम्बन्धी प्रोजेक्ट हेर्नेछन्। त्यहाँबाट २० गते दिल्ली फर्केपछि उनी नेपाल फर्कनेछन्।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












