प्रधानमन्त्रीको भारत भ्रमण : एमाले महासचिवका ९ सुझाव
काठमाडौँ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ९ वटा सुझाव दिएका छन।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ९ वटा सुझाव दिदै राष्ट्रिय शक्तिहरूका बीचमा बलियो समझदारी हुनुपर्ने बताउएसउ हुन ।
यस्तै उनले नेपालको हितका पक्षमा तयारीसहितको स्पष्ट अडान आवश्यक रहेको उल्लेख गरेका छन ।
‘यतिवेला नेपालको प्राथमिकता भारतसँगको विद्युत् व्यापार होइन, नेपालमै विद्युतको खपत वृद्धि गर्ने परियोजनाहरूको विकासको कुरा हो’, उनले लेखेका छन,’ त्यसमा भारतको लगानी र सहयोगमा जोड दिनु राम्रो हुन्छ ।’
महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण भारतको चाहनामा होइन नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित हुन सक्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्ड आजदेखि यही जेठ २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै छन ।
यस्ता छन् महासचिव पोखरेलका सुझाव:
१ इपिजिको प्रतिवेदनलाई स्वीकार गरी त्यसको कार्यान्वयनको तयारी
२ गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नयाँ एअर रुटको सुनिश्चितता
३ नयाँ (चुच्चे) नक्सामा आधारित भई सीमा समस्याको समाधानको थालनी
४ डुबान समस्याको समाधानका सन्दर्भमा विगतमा भएको सहमतिको कार्यान्वयन
५ भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने सन्दर्भमा ठोस पहल
६ खुला सीमालाई प्रभावकारी रूपमा नियमन गर्ने विषय
७ तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र मार्गको प्रयोगमा सहजता
८ गङ्गा रिभरवेसिन हुँदै नेपालसम्मको जल यातायातको विकास
९ भारतीय प्रधानमन्त्रीबाट घोषणा गरिएको सहुलियतपूर्ण कर्जाको प्रयोगमा उत्पन्न जटिलताको समाधान ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












